सीजी मोटर्सद्वारा नेपाली क्रिकेट टिमलाई शुभकामना दिन र्‍याली आयोजना

सीजी मोटर्सद्वारा नेपाली क्रिकेट टिमलाई शुभकामना दिन र्‍याली आयोजना

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । सीजी मोटर्स(हिरो ब्राण्डको आधिकारीक डिस्ट्रीव्युटर)ले आईसीसी टी-२० विश्वकपमा भाग लिइरहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई शुभकामना दिन र्‍याली आयोजना गरेको छ।

कम्पनीले आईसीसी टी–२० विश्वकप क्रिकेटमार्फत विश्वभरी चिनाउने नेपालका गौरव नेपाली क्रिकेट खेलाडीको हौसला बढाउनका लागि सीजी मोटर्सले र्यालीको आयोजना गरेको जनाएको छ।

शो ‘शुभकामना र्याली’ले खेलकुदमार्फत नेपाल र नेपालीको सानलाई विश्वभरी पुर्याउन नेपाली क्रिकेट खेलाडीलाई आईसीसी टी–२० विश्वकप खेल मैदानमा उच्च मनोबलका साथ खेल्ने हौसला प्रदान गराउने उद्देश्य रहेको कम्पनीले जनाएको छ। आईसीसी टी–२० विश्वकपलाई हौसला दिन शुभकामना र्याली काठमाडौंलगायत देशका अन्य स्थानहरुमा पनि सम्पन्न गरेको कम्पनीले बताएको छ।

उक्त र्यालीमा ३० जनाभन्दा बढी राइडर सहभागी भएका र र्यालीमा सहभागी सबै मोटरसाइकल तथा स्कुटरहरु हिरो ब्राण्डका रहेको कम्पनीले जनाएको छ। सीजी मोटर्सको हिरो ब्राण्डको नक्सालमा रहेको सोरुमबाट सुरु हुने र्याली ज्ञानेश्वर, मैतीदेवी, कोटेश्वरहुँदै भक्तपुर दरवार स्क्वायरमा पुगेर समापन भएको थियो।

मोटरसाइकल तथा स्कुटर उत्पादन गर्ने विश्वकै सबैभन्दा ठूलो कम्पनी हिरो यसले आर्जन गरेको विश्वास र उत्कृष्टताका लागि सबैमाझ परिचित छ। सिजी मोटर्सले हिरो मोटोकर्पसँग मिलेर केही समयअघि मात्रै नेपालमा आक्रामक व्यापार योजना घोषणा गरेको छ।

साथै, नवलपरासीको सिजी इन्डस्ट्रियल पार्कमा प्रतिवर्ष ७५ हजार युनिट मोटरसाइकल एसेम्बल गर्नसक्ने क्षमताको अत्याधुनिक प्लान्टको उद्घाटन समेत गरिसकेको छ। हिरोका मोटरसाइकल तथा स्कुटरहरू अहिले नेपाली भूमिमै एसेम्बल भईरहेका छन्।

नेपालमा सबैभन्दा बढी बिक्रि हुने मोटरसाइकल ब्राण्ड मध्येको एक हिरोले नयाँ बेन्चमार्कहरू समेत कायम गर्दै आएको छ। सिजी मोटर्सले हाल नेपालका विभिन्न स्थानहरूमा ५० भन्दा बढी हिरो शोरुमको नेटवर्क सञ्चालन गरिरहेको छ। जहाँ एक्सपल्स, सुपर स्प्लेन्डर, स्प्लेन्डर प्लस, तथा जूम विक्रीहुँदै आइरहेका छन्। साथै, सिजी मोटर्स निकट भविष्यमा थप शोरुम खोल्ने प्रक्रियामा रहेको छ। यसबाहेक, सिजी मोटर्सले बढ्दो ग्राहकहरूको संख्यालाई ध्यानमा राख्दै नेपालभर सेल्स, सर्भिस तथा स्पेयर पार्टस नेटवर्कलाई द्रुत रूपमा विस्तार गरिरहेको छ।

Skip This
Skip This
Logo