केटीएम ३९० ड्यूकको थर्ड जेनेरेशन नेपाली बजारमा, पहिलो दिनमै ५० बाइक बिक्री

केटीएम ३९० ड्यूकको थर्ड जेनेरेशन नेपाली बजारमा, पहिलो दिनमै ५० बाइक बिक्री

केन्द्रबिन्दु
84
Shares

काठमाडौं । केटीएम ३९० ड्यूकको थर्ड जेनेरेशन नेपाली बजारमा सार्वजनिक गरिएको छ।

हंसराज हुलासचन्द एण्ड कम्पनीले मंगलबार एक कार्यक्रमको आयोजना गरी नयाँ ड्यूक ३९० को बिक्री सुरु गरेको हो।

बाइकको मूल्य ८ लाख ९९ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ। जुन पुरानो मोडलभन्दा १ लाख सस्तो हो। बाइक सार्वजनिक भएको पहिलो दिनमै ५० जना ग्राहकलाई हस्तान्तरण गरिएको छ।

पावर, स्टाइल र इनोभेशनमा नयाँ बेञ्चमार्क स्थापना गर्दै नयाँ अपग्रेड र उत्कृष्ट फिचर्सहरुको साथ नयाँ ड्यूक ३९० नेपाली बजारमा प्रवेश गरेको कम्पनीले जनएको छ । बाइकमा अपग्रेडेड ३९९ सिसी सिङ्गल सिलिन्डर लिक्वीड कुल्ड इन्जिन रहेको छ, जसले ८५०० आरपिएममा उच्चतम ४६ पिएस पावर र ६५०० आरपिएममा उच्चतम ३९ एनएम टर्क जेनेरेट गर्ने कम्पनीको दाबी छ।

विगतका मोडलको तुलनामा नयाँ ड्यूक ३९० मा ठूलो फ्युल ट्यांक, स्प्लीट सिट, स्टिल ट्रेलीस फ्रेम, डाइ–काष्ट आल्मुनियम सबफ्रेम, एडजस्टेबल सिट हाइट, तिनवटा राइडिङ्ग मोड (स्ट्रिट, रेन र ट्रयाक), लञ्च कन्ट्रोल, स्मार्टफोन कनेक्सन र टर्न–बाइ–टर्न न्याभीगेशन सहितको ५ इन्चको टिएफटि इन्सट्रुमेन्ट क्लस्टर, ४३ एमएमको अपसाइड–डाउन फर्कस् र अफसेट मोनो–शक, डुअल च्यानल एबिएस., कर्नरिङ एबिएस र सुपर मोटो एबिएस. जस्ता विशेषताहरू समावेश गरिएको कम्पनीले जानकारी दिएको छ।

हंसराज हुलासचन्द एण्ड कम्पनीका सहायक महाप्रबन्धक बिजय श्रेष्ठका अनुसार नयाँ जेनेरेशनको ड्यूक नेपाली बजारमा सार्वजनिक भएसँगै यसले नेपालका मोटरसाइकल पारखीका लागि नयाँ अनुभव प्रदान गर्नेछ। यो नयाँ बाइक प्रि-वुक गर्ने ग्राहकले ३१ हजार पर्ने एरोह हेल्मेट नि:शूल्क पाउने बताइएको छ।

Logo