फोन पेका सेवाहरु आज दिउँसो अवरुद्ध हुने

फोन पेका सेवाहरु आज दिउँसो अवरुद्ध हुने

केन्द्रबिन्दु
28
Shares

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक फोन पेका सबै सेवाहरु आज दिउँसो अवरुद्ध हुने भएका छन् ।

सोमबार दिउँसो १ बजेदेखि ५ बजेसम्म डेटा अपग्रेडिङको काम हुने भएकाले क्युआर ट्रान्सफर, फण्ड ट्रान्सफर लगायतका सम्पूर्ण अनलाइन सेवा बन्द हुने भएका हुन् ।

‘सोमबारका दिन दिउँसो १ बजेदेखि ५ बजेसम्म फोन पे पेमेन्ट सर्भिस लिमिटेडको डेटाबेस अपग्रेट गर्नु पर्ने भएको हुँदा उक्त समयावधिका लागि फोनपेको सबै सेवाहरु अवरुद्ध हुने व्यहोरा आदरणीय सदस्य संस्थाहरु तथा सेवाग्राहीहरुलाई जानकारी गराउन चाहन्छौं’ फोन पेको सूचनामा भनिएको छ ।

Logo