श्री केश तेलको गुणस्तरबारे भ्रममा नपर्न उपभोक्तालाई आग्रह

श्री केश तेलको गुणस्तरबारे भ्रममा नपर्न उपभोक्तालाई आग्रह

केन्द्रबिन्दु
84
Shares

काठमाडौं । ‘श्री केश’ तेलको बारेमा बजारमा फैलाइएकाे नकारात्मक हल्लामा सत्यता नरहेको कम्पनीले दाबी गरेको छ । सप्तऋषि ओएल एण्ड कस्मेटिक प्रालीले सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै ‘श्री केश’ हेयर ओएल गुणस्तर रहेको र बजारमा फैलाइएको हल्ला सही नरहेको बताएको हो । 

श्री केश हेयर ओएललाई उपभोक्ताले ढुक्कका साथ प्रयोग गर्न सक्ने कम्पनीले बताएको छ । कम्पनीका अनुसार श्री केश हेयर ओएल नेपाल सरकारको नीति र नियममा रहेर सम्बन्धित निकायबाट उत्पादन अनुमति प्राप्त गरी उत्पादन हुँदै आएको छ । 

श्री केशले ट्रेडमार्क समेत प्राप्त गरिसकेको कम्पनीको भनाइ छ । यस तेलमा प्रयोग गरिएका कच्चा पदार्थ तेल र जडीबुटीहरू कपालको सुरक्षा, पोषण र उपचारमा सहयोगी, गुणस्तरीय र उपयोगी रहेको कम्पनीले बताएको छ ।

कम्पनीले जडीबुटी सङ्कलक, किसान, जडीबुटी बिक्रेता उद्योगमा काम गर्ने कर्मचारी, बिक्री वितरणमा काम गर्ने कर्मचारी गरी सयौँ जनालाई प्रत्यक्ष एवं अप्रत्यक्ष रूपमा रोजगारी प्रदान गरिरहेको बताइएको छ । 

जडीबुटीको खेती, कच्चा पदार्थ स्वदेशमै उत्पादन गर्दै देशको प्रमुख आयस्रोतको रूपमा रहेको जडीबुटीको क्षेत्रमा खोज, अध्ययन, अनुसन्धान एवं थप गुणस्तरीय वस्तुहरूको उत्पादन, स्वदेश एवं विदेशमा बिक्री वितरण गर्ने कम्पनीको भावी योजना रहेको प्रेस विज्ञप्तिमा उल्लेख छ । 

नेपाल सरकारबाट प्राप्त हुने सहुलियत कर्जा, अनुदान, प्राविधिक सहयोग, छुट एवं जडीबुटी खेती गर्ने आवश्यक जमिन प्राप्त भएमा छिट्टै तराई, पहाड र हिमाली क्षेत्रमा जडीबुटी खेती गर्ने कम्पनीको योजना रहेको छ । 

नेपाली जडीबुटी प्रयोग गरी विश्व बजारमा नेपाली ब्राण्ड चिनाउने र नेपाली कृषकहरूलाई आत्मनिर्भर बनाई नेपालीलाई रोजगारीको अवसर सिर्जना गरी व्यापार घाटा कम गर्ने साथै नेपालको जडीबुटीलाई विश्वमा चिनाई नेपालको नाम उच्च राख्ने कार्य गर्दै आएको पनि कम्पनी बताएको छ ।

Logo