काठमाडौं । सामसङले आगामी फुटबल सिजनको लागि नेपाली बजारमा विशेष अफर ल्याएको छ।
फुटबल फ्यानको लागि सामसङले नवीनतम टिभीमा ३८ प्रतिशतसम्मको छुट प्रदान गर्नुका साथै सो अफरमा चयन गरिएका ठूलो टिभी मोडलहरू खरिद गर्दा ग्राहकहरूले निःशुल्क साउन्डबार प्राप्त गर्न सक्ने सामसङले जनाएको छ।
टिभीसँगै खरिद गरिएका चुनिँदै साउन्डबारमा ५० प्रतिशतसम्म क्यासब्याकको अफरपनि उपलब्ध रहेको सामसङले जनाएको हो। क्रिस्टल–क्लियर पिक्चर गुणस्तर र इमर्सिभ साउन्ड सुनिश्चित गर्दै सामसङले आफ्ना ग्राहकका लागि अविस्मरणीय फुटबल सिजनको प्रतिज्ञा गरेको जनाएको छ।
सो अफर सामसङ इन्स्टा फाइनान्सको साथपनि प्राप्त गर्न सकिने र जसले ग्राहकलाई १८ महिना अवधिको लागि शून्य प्रतिशत ब्याज (ईएमआई)मा सामसङका नवीनतम टिभी खरिद गर्न सक्ने बताइएको छ। यो विशेष सेवाको लाभ लिने ग्राहकलाई मात्र आफ्नो नागरिकता पेश गरी ईएमआई पाइने सुविधापनि उपलब्ध गराइएको सामसुङले जनाएको छ।
ग्राहकका लागि आफ्नो पुरानो इलेक्ट्रोनिक्स उपकरण तथा टिभीलाई arkostore.comमार्फत नयाँ सामसङ टिभीसँग साट्न, एक्सचेन्ज सेवापनि उपलब्ध गराइएको छ। निःशुल्क इन्सटलेसन् सेवा र खरिद गरिएको टिभीमा ३ वर्षको पूर्ण वारेन्टी जस्ता सुविधाले सामसङका ग्राहकलाई झन्झटरहित उत्कृष्ट टिभी किन्ने अवसर प्रदान गरेको सामसुङले जनाएको हो।
विस्तृत जानकारीको लागि र यी विशेष अफरहरूको फाइदा लिनको लागि नजिकको आधिकारिक सामसङ डिलरमा जानकारी लिन सकिने र सो अफर आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स प्रालि र नेपालभर सामसङ टिभीहरूको लागि आधिकारिक पुनर्विक्रेता त्रिवेणी व्यापारद्वारा देशभरका डिलर नेटवर्कमार्फत उपलब्ध गरिएको बताइएको छ।
सो योजना असार मसान्तसम्म लागू हुने बताइएको छ।





























प्रतिक्रिया