मेड इन नेपाल ‘ह्युण्डाई भेन्यु’को बिक्री सुरु

मेड इन नेपाल ‘ह्युण्डाई भेन्यु’को बिक्री सुरु

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । नेपालका लागि ह्युण्डाई मोटर कम्पनीको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आफ्नो भगिनी संस्था लक्ष्मी मोटर कर्पोरेसन (एलएमसी)बाट नेपालमा नै ह्युण्डाई भेन्युको व्यवसायीक उत्पादन गरी विक्री वितरण सुरु गरेको छ।

लक्ष्मी मोटर कर्पोरेसन, नेपालमा लक्ष्मी ग्रुपको लगानी तथा ह्युण्डाई मोटर कम्पनीसँगको प्राविधिक सहकार्यमा स्थापना भएको हो। लक्ष्मी मोटर कर्पोरेसनले पहिलो पटक नेपालमा ह्युण्डाई भेन्यु मोडल उत्पादन गर्ने र यसको बनावट, गुणस्तर, पर्फमेन्सलगायतका गुणहरु ह्युण्डाई मोटर कम्पनी कोरिया वा भारतमा बन्ने सोही मोडलका गाडीहरू सरहकै हुने कम्पनीले दाबी गरेको छ।

स्वदेशमा नै उत्पादन गरी देशको औद्योगीकरण, आयात प्रतिस्थापन, रोजगारी सृजना, आन्तरिक राजस्वमा वृद्धि, सीप तथा प्रविधि विकास, सहायक उद्योगको स्थापना, आन्तरिक श्रोत तथा विद्युतको खपत, कुल गृहस्थ उत्पादनमा योगदानका साथ साथै उपभोक्तालाई सहुलियत मूल्यमा सवारी साधन उपलब्ध गराउने उद्देश्य रहेको कम्पनीले जानकारी गराएको छ।

प्रथम चरणमा ह्युण्डाई भेन्युका दुई भेरिएन्ट उत्पादन गर्ने र क्रमशः केही समयभित्र नै थप अरु भेरिएन्सहरूको उत्पादन पनि बढाउँदै जाने कम्पनीको योजना रहेको र यसै आर्थिक वर्षभित्र ह्युण्डाई ग्राण्ड आई १० निओसका साथै अल न्यू ह्युण्डाई क्रेटाको उत्पादन पनि सुरु हुने जनाएको छ ।

हाल विक्री वितरण सुरु भएको ह्युण्डाई भेन्युको मूल्य निम्नअनुसार छ:

Logo