विश्व बैंकअन्तर्गत आइडिएको बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने

विश्व बैंकअन्तर्गत आइडिएको बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । नेपालमा आयोजना हुन लागिरहेको विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आइडिए) २१ बैठकलाई प्रधानमन्त्री पुष्पकमल दाहालले सम्बोधन गर्ने निश्चित भएको छ।

जुन १८ देखि अर्थात यही असार ४ देखि ७ गतेसम्म काठमाडौँमा हुने बैठकको प्रधानमन्त्री दाहालले उदघाटन गर्ने शुक्रबार एक पत्रकार सम्मेलनमा जानकारी गराइयो।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै २१औं बैठक सुरु हुने जानकारी गराइएको हो। नेपालमा हुन लागेको यो विश्व बैंकको हालसम्मकै ठूलो कार्यक्रम हो।

उदघाटन सत्रमा नेपालका प्रधानमन्त्री दाहालले मुख्य सम्बोधन गर्ने पत्रकार सम्मेलनमा जानकारी गराइयो।

आइडिएको २१औं बैठक आयोजना गर्न विभिन्न देशले प्रस्ताव पेश गरेका थिए। अन्तिममा ताजिकिस्तान र नेपालमध्येबाट विश्व बैंक सञ्चालक समितिले बैठकका लागि नेपाल रोजेको हो।

नेपालले ६ वर्षअघि आइडिए–१९ बैठक काठमाडौँमा गर्न डिसीस्थित विश्वबैंक मुख्यालयलाई पत्राचार गर्नुका साथै अनौपचारिक रुपमा लविङ गरेको थियो।

बैठकमा ७० भन्दा बढि मुलुकका दुईसय भन्दा बढि प्रतिनिधि नेपाल आउने जानकारी गराइयो।

Logo