मेम्बरशिप मोडेलमा श्रीयोग, विदेशमा पनि सेवा विस्तारको लक्ष्य

मेम्बरशिप मोडेलमा श्रीयोग, विदेशमा पनि सेवा विस्तारको लक्ष्य

केन्द्रबिन्दु
252
Shares

काठमाडौं । नेपालमा छोटो समयमै अधिकांशको रोजाइमा परेको एप श्रीयोग विदेशमा पनि सेवा विस्तारको लक्ष्य राखी काम गरिरहेको छ । देशभित्रका प्राविधिकहरूलाई डिजिटल ब्राण्डिङ गर्न शुरु गरिएको श्रीयोग छोटो समयमै लोकप्रिय बनिसकेको छ ।

सीप भएका दक्ष जनशक्तिहरूको प्रोफाइलिङ गरी काम गर्ने व्यक्तिहरू बिच सोझै सम्पर्क स्थापित गर्न उक्त एप सन् २०१९ मा सञ्चालनमा आएको थियो । हजारौं प्रयोगकर्ताहरूलाई सजिलो र छरितो माध्यमबाट सेवा दिँदै आएको श्रीयोगले डिजिटल कनेक्टिभिटीको माध्यमबाट बेरोजगारीको समस्या समाधान गर्नको लागि मद्दत गर्दै आएको छ ।

गुगल प्ले स्टोरमा १ लाख भन्दा बढी डाउनलोड भएको यो एप अहिले आएर झन् उत्कृष्ट सेवा प्रदान गर्न सक्ने नयाँ भर्सनमा अपडेट भई सकेको कम्पनीले जानकारी दिएको छ । माइक्रोसफ्ट फर स्टार्टअपमा भेरिफाई भएको श्रीयोग माइक्रोसफ्टका नवीनतम प्रविधिदेखि लिएर ओपन एआई का सेवाहरू बन्डलिङ गरिएको अमेरिकी डलर १ लाख २५ हजार बराबरको क्रेडिट सुविधा प्राप्त गर्न पनि सफल भएको छ ।
दक्ष प्राविधिकहरूको सञ्जालमा सेवा प्रदायकहरू बाहेक, दैनिक आवश्यकताहरू र सेवाहरू खोज्नेहरूको लागि पनि यो एप उपयोगी छ ।

एपमा अहिले शतप्रतिशत भेरिफाई गरिएका युजरहरू मात्र राखिएको छ ।

एपमा पेन्टर, फल्स सिलिङ, आल्मिनियम फेब्रिकेटर, ग्रिल–सटर सम्बन्धी काम गर्ने, इन्टेरियर डेकोरेटर, घर निर्माण गर्ने ठेकेदार, कर्मकाण्ड गर्ने पण्डित, ईलेक्ट्रिसियन, प्लम्बर, व्यापार परामर्शदाता, इभेन्ट प्लानर, केटरिङ्ग, निर्माण व्यवसायी, कार्पेन्टर जस्ता समूहहरूमा दशकौं देखी त्यही पेशा अङ्गाल्दै आएका दक्ष जनशक्तिहरूलाई मेम्बरशिप मोडेलमा आबद्ध गरिएको छ ।

विराटनगरका स्थानीयहरूले मिलेर गरेको यो एप अब चाडै काठमाडौं, दिल्ली र दुबइमा पनि सेवा बिस्तार गर्ने एपका संस्थापक प्रकाश उप्रेती बताए । यस एपमा अहिले विराटनगरका विभिन्न पेशासँग सम्बन्धित व्यक्तिहरूको लिस्टिंग गरिएको छ ।
एप अर्बन कम्पनीको रिभर्स मोडेलमा इन्डियामा लन्च गर्ने सम्पूर्ण तयारी गरिसकेको उप्रेतीले जानकारी दिए । ‘रिभर्स मोडेलमा सर्भिस मार्केटप्लेसका कमी कमजोरीलाई मध्यनजर गरी प्रोफेसनल मार्केटप्लेसमा बदल्दै आम्दानीको १०० प्रतिशत काम गर्ने व्यक्तिकै हुनुपर्छ भन्ने लक्ष्यका साथ अगाडि बढी रहेको छौं,’ उनले भने ।

एपमा भएका २९ हजार ९०० प्रयोगकर्ता साथै ‘व्यवसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना (दोस्रो)’ र वर्ल्ड बैंकसँग भएको सम्झौताका अन्य ५५ हजार प्राविधिकलाई एउटै एपमा राखी सहज कामको व्यवस्थापन एपले मिलाएको उप्रेतीले बताए ।

आईएमीको पेमेन्ट ए.पी.आइ. प्रयोग गरी यस एपमा आबद्ध हुन चाहनेहरूलाई मेम्बरशिप फी भुक्तानी गर्नका लागि ८ फेब्रुअरी २०२३ मा सम्झौता भैसकेको छ । मेम्बरशिप फी तिर्दा एउटा इमेल बन्नेछ जसले श्रीयोगकोे एपमा सम्बन्धित प्राविधिकले काम गर्ने शहर भित्र आफ्नो प्रोफाइल बनाउनको लागि आवेदन दिन सक्नेछन् ।
प्रोफाइल भेरिफिकेसनको लागि संस्थाले काठमाडौंमा थर्ड पार्टी कम्पनीलाई जिम्मा दिने र पुलिस रिपोर्ट समेत अपलोड गर्ने प्रविधिको विकास गरी सकेको छ ।

भेरिफाइड प्रोफाइलहरूलाई संस्थाको फेसबुक पेजमा ब्यानर बनाइदिने, एपमा भेरिफाइड ब्याच राख्ने र प्रोफाइलमा धेरै भन्दा धेरै भिजिबिलिटी दिनको लागि संस्थाले डिजिटल मार्केटिंगको अन्य काम पनि गरिदिने योजनाका साथ श्रीयणेगको नयाँ भर्सन अपडेट भएको छ ।

श्रीयोगमा मेम्बर हुनका लागि आफूले दिने सेवा, स्थान, सम्पर्क नम्बर आदि राखी दर्ता गरेकै आधारमा काम प्राप्त गर्न सकिने, छ । त्यसलाई संस्थाले वार्षिक न्यूनतम शुल्क १, हजार ९९९ रुपैयाँ लिने छ । बेरोजगारीको समस्यालाई अवसरमा परिणत गर्ने गरी अब झन् सशक्त रूपमा श्रीयोग अगाडि बढ्ने पनि उप्रेतीले जानकारी दिए ।

Logo