नेपालले खेल्ने विश्वकपको बाँकी खेलका लागि डिशहोमले ल्यायाे ७२ घण्टे अफर

नेपालले खेल्ने विश्वकपको बाँकी खेलका लागि डिशहोमले ल्यायाे ७२ घण्टे अफर

केन्द्रबिन्दु
9
Shares

आईसीसी पुरुष टि-२० विश्वकपमा नेपालले समूह चरणअन्तर्गत शनिबार बिहान साउथ अफ्रिकासँग आफ्नो तेस्रो खेल खेल्दै छ । त्यस्तै, असाढ ३ गते बिहान ५:१५ बजे बाङ्लादेशसँग आफ्नो चौथो खेल खेल्ने भएको छ ।

यी दुई खेलहरुको खुसीयालीमा डिशहोम फाइबरनेटले २४ महिनाको रिचार्ज गर्दा अतिरिक्त ६-महिनाको सब्सक्रिप्सन निःशुल्क पाउने तथा १२ महिनाको रिचार्ज गर्दा अतिरिक्त ३-महिनाको सब्सक्रिप्सन निःशुल्क पाउने अफर सार्वजनिक गरेको छ ।

डिशहोम फाइबरनेटकोले आज दिउँसो २ बजे ‘ईतिहास रच्न तयार गोर्खाली’ शीर्षकमा यो ७२-घण्टे नयाँ अफरको घोषणा आफ्नो सामाजिक सन्जाल (फेसबुक) मार्फत गरेको हो ।

रिचार्ज गर्नको लागि ग्राहकहरुले आफु नजिकै रहेको डिशहोमको डिलर दाई कहाँ गई बिना कुनै झन्झट सजिलै रिचार्ज गरी यस गज्जबको अफरको फाईदा उठाउन सक्ने कम्पनीले जनाएकाे छ । साथै अनलाइन पेमेन्ट वालेटहरु मार्फत पनि रिचार्ज गर्न सकिने छ ।

यो विशेष ७२-घण्टे अफरले नेपालको क्रिकेट टोलीलाई साथ र समर्थन गर्ने र विस्तारित उच्च-स्पीड इन्टरनेटको साथ आफ्ना ग्राहकहरूलाई पुरस्कृत गर्ने उद्देश्य राखेको कम्पनीले जनाएको छ ।

Logo