जेठमा घरजग्गाबाट सरकारले संकलन गर्‍यो ४ अर्ब राजश्व, कति भयो कित्ताकाट ?

जेठमा घरजग्गाबाट सरकारले संकलन गर्‍यो ४ अर्ब राजश्व, कति भयो कित्ताकाट ?

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८०/८१ मा ४ अर्ब बढी घर जग्गाबाट राजश्व संकलन गरेको छ ।

भूमि व्यवस्थापन तथा अभिलेख विभाग सार्वजनिक गरेको तथ्यांक अनुसार सरकारले जेठमा ४ अर्ब ३३ करोड ९२ लाख ४१ हजार ७६९ रुपैयाँ संकलन गरेको हो ।

देशभरका विभिन्न मालपोत कार्यालयबाट उक्त राजश्व संकलन भएको विभागले बताएको छ । सरकारले जठे महिनामा सेवा करबापत ३८ करोड ३८ लाख ९६८, राजिष्ट्रेशन दस्तुरबाट २ अर्ब ८१ करोड ९२ लाख ९७ हजार १२५ र पुँजीगत लाभ कर १ अर्ब ५६ करोड ८८ लाख ८७ हजार ९३० रुपैयाँ राजश्व संकलन गरेको छ ।

विभागका अनुसार जेठसम्म देशका विभिन्न ठाउँमा ६१ हजार १६१ वटा जग्गाको कित्ताकाट भएको छ । ७ हजार ७२ वटा जग्गाको नाम सारी भएको छ भने संशोधन १५ हजार ९२० वटा जग्गाको भएको विभागले बताएको छ ।

जेठसम्म ३४ हजार २४० वटा जग्गा फुकुवा र ४४ हजार ९७५ वटा जग्गाको रोक्का भएको पनि बताइएको छ । अपार्टमेन्टको लिखत पारित जेठमा ३० वटा भएको पनि विभागकाले जानकारी दिएको छ । विभाग अनुसार एक लाख ७५ हजार ६२० वटा जग्गाको फुक्कादेखि रोक्का गरी कित्ता काटसम्म भएको छ ।

Logo