ओमोडाको नयाँ एक्सचेन्ज अफर, इ-५ किन्दा १.५ लाख एक्सचेन्ज बोनस

ओमोडाको नयाँ एक्सचेन्ज अफर, इ-५ किन्दा १.५ लाख एक्सचेन्ज बोनस

केन्द्रबिन्दु
56
Shares

काठमाडौं । विद्युतीय गाडी (इभी) ब्रान्ड ओमोडाले नयाँ एक्सचेन्ज अफर ल्याएको छ।

यो योजनाअन्तर्गत ग्राहकले आफ्नो पुरानो गाडी एक्सचेन्ज गरी ओमोडा इ-फाइभ विद्युतीय गाडी खरिद गर्दा १.५ लाखको विशेष एक्सचेन्ज बोनस प्राप्त गर्नेछन्। साथै, यो ब्रान्डले प्रत्येक खरीदमा ग्राहकलाई ७ किलोवाट चार्जर पनि प्रदान गरिने बताएको छ।

यो योजना अवधिभर ओमोडा इ-फाइभ को सीमित स्टकसँग आफ्नो गाडी एक्सचेन्ज गर्ने ग्राहकरूले विभिन्न आकर्षक लाभहरू प्राप्त गर्ने कम्पनीको दाबी छ। यो ब्रान्डले चालु आर्थिक वर्षको लागि सडक करमा पूर्ण छुट दिनुका साथै प्रत्येक एक्स्चेन्जमा ७ किलोवाटको चार्जर नि:शुल्क मिल्ने कम्पनीको भनाइ छ।

सिमित स्टकका ओमोडा इ-फाइभ गाडी जम्मा ६१.९९ लाखको प्रि-बजेट उपलब्ध रहेको र सोबाहेक ग्राहकले थप नगद छुटबाट लाभान्वित हुनेछन् भने प्रत्येक खरिदमा नि:शुल्क टि-बक्स पनि समावेश हुने जसले गाडीको कनेक्टिभिटि र कार्यक्षमतालाई बढाउँने कम्पनीको दाबी रहेको छ।

एसपिजि अटोमोबाइल्स प्रालिका प्रबन्ध निर्देशक गौरव शारडाले बजारको मागप्रति ब्रान्डको तदारुकता व्यक्त गर्दै भने, ‘गत फेब्रुअरीमा सार्वजनिक गरेदेखि नै ओमोडा इ-फाइभप्रति नेपाली बजारले देखाएको सकारात्मक प्रतिक्रियाबाट हामी निकै प्रेरित छौं। यसै अन्तर्गत ओमोडा गाडी खरिद गरी विद्युतीय सवारी साधनतर्फ ‘अपग्रेड’ हुन चाहने नेपालीका लागि यो अफर प्रस्तुत गर्न पाउँदा हामी उत्साहित छौँ। हामीले सबै नेपालीलाई दिगो सवारी साधनतर्फ उन्मुख गराउन र हाम्रा ग्राहकहरूलाई उत्कृष्ट मूल्य र आकर्षक सुविधाहरू प्रदान गरी सहयोग पुर्‍याईरहेका छौं।’

ओमोडा इ-फाइभ नेपालमा ईभी खरिदकर्ताका लागि उत्कृष्ट एक्स्टेरियर डिजाइन, आधुनिक सुरक्षा सुविधा र ड्राइभिङ अनुभवलाई स्तरोन्नती गर्ने प्रविधिका साथ शीर्ष रोजाईको रूपमा रहिआएको कम्पनीले जनाएको छ। योजनामा केही सर्त तथा नियमहरू लागू हुने बताइएको छ। ओमोडा इ-फाइभको सीमित स्टक रहँदासम्म यो योजना लागू हुनेछ बताइएको छ। आफ्नो पुरानो गाडीलाई एक्सचेन्ज गरी थप लाभहरूको मज्जा लिँदै न्यूनतम लागतमा नयाँ गाडी लिने यो एउटा सुनौलो र उपयुक्त अवसर रहेको कम्पनीले जनाएको छ। एसपिजि अटोमोबाइल्सले यी सुविधाहरूको लाभ लिन सम्पूर्ण नेपाली सवारी ग्राहकवर्ग तथा इभिप्रति चासो राख्नेलाई नजिकको ओमोडासोरूममा सम्पर्क गर्न वा भ्रमण गर्न आह्वान गरेको छ।

एसपिजि अटोमोबाइल्स प्रालि ओमाडा र जेइको अटोमोबाइल्स लिमिटेडको नेपालका लागि आधिकारिक वितरक रहेको छ।

Logo