शुक्रा हाउस डाईग्नोस्टिक एण्ड वेलनेश सेन्टर र प्रभु बैंकबीच विशेष छुट सम्झौता

शुक्रा हाउस डाईग्नोस्टिक एण्ड वेलनेश सेन्टर र प्रभु बैंकबीच विशेष छुट सम्झौता

केन्द्रबिन्दु
0
Shares

काठमाडाैं । पानीपोखरीस्थित शुक्रा हाउस डाईग्नोस्टिक एण्ड वेलनेश सेन्टर प्रा.लि र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई शुक्रा हाउस डाईग्नोस्टिक एण्ड वेलनेश सेन्टर प्रा.लि सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

एक समारोहका बीच शुक्रा हाउस डाईग्नोस्टिक एण्ड वेलनेश सेन्टर प्रा.लिका तर्फबाट प्रमुख व्यवस्थापक रोजिका प्रधान र प्रभु बैंककातर्फबाट चिफ प्रोभिन्स अफिसर, बागमती प्रदेश दिपेन्द्र बाबु बिष्टले समझदारी ज्ञापनपत्र(एमओइ)मा हस्ताक्षर गरे ।

सम्झौता अनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरु, कार्ड प्रयोगकर्ताहरु, कर्मचारी तथा कर्मचारीका पारिवारजनले शुक्रा हाउस डाईग्नोस्टिक एण्ड वेलनेश सेन्टर प्रा.लिमा उपचार सेवा लिँदा इन–हाउस रुटिन टेस्टमा २५ प्रतिशत छुट, इन–हाउस स्पेशलाइजेशनमा २० प्रतिशत छुट, आउट सोर्समा १० प्रतिशत छुट र एक्स–रे, यूएसजी, इसिजी, इसिएचओमा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले प्रभु बैंक लिमिटेडको डेबिट कार्ड, क्रेडिट कार्ड तथा प्रिभलेज कार्डमध्ये कुनै एक पेश गर्नुपर्ने छ ।

‘रिजल्ट वेयर म्याटर’को मूल नाराका साथ वि.स.२०८०।०२।०३ गतेका दिन औपचारीक रुपमा काठमाडौंको मुटु पानीपोखरीस्थित शुक्राहाउस डाईग्नोस्टिक एण्ड वेलनेश सेन्टर प्रा.लि.को स्थापना गरिएको थियो । यस संस्थाले आफ्नो सेवाग्राहीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै विभिन्न किसिमका गुणस्तरीय ल्याब परीक्षण, मल्टीस्पेशलिटि विशेषज्ञ परामर्श सेवा, एक्स रे, यु.एस.जि., ईसिजी र फार्मेसी आदि सेवाहरु उपलब्ध गराउँदै आइरहेको छ । यस संस्थाले मानवतालाई पहिलो प्राथमिकतामा राख्दै उत्कृष्ट गुणस्तर, सबैभन्दा सही निदानर परीक्षणलाई किफायती लागतमा प्रदान गर्न समर्पित छ । अरु ल्याबभन्दा छुट्टै गुणस्तरीय सेवाको पहिचान बोकेको यस संस्थाको ल्याबभित्र पनि प्याथोलोजिस्ट, माईक्रोबायोलोजिस्ट, बायोकेमिस्टका विभिन्न वरिष्ठ विशेषज्ञ टोलीहरु आबद्घ छन् ।

त्यसैगरी, ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३०६ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाखभन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ । साथै, छोटो समयको अन्तरालमा नै फिनाकल ईन्फोसिस इनोभेसन गोल्ड–२०२४ अवार्डबाट सम्मानित भएको छ ।

Logo