श्री एयरलाइन्सको ८० सिटे जहाज काठमाडौं-भरतपुर परीक्षण उडान सम्पन्न, अब कहिलेबाट होला नियमित उडान ? 

श्री एयरलाइन्सको ८० सिटे जहाज काठमाडौं-भरतपुर परीक्षण उडान सम्पन्न, अब कहिलेबाट होला नियमित उडान ? 

केन्द्रबिन्दु
168
Shares

निजी क्षेत्रको आन्तरिक वायुसेवा कम्पनी श्री एयरलाइन्सले काठमाडौं–भरतपुर  परीक्षण उडान सम्पन्न गरेको छ । उडानको औपचारिक परीक्षण सम्पन्न भएसँगै अब भने क्यू ४०० ड्यास ८ जहाजबाट क्यू ४०० ड्यास ८ जहाजबाट काठमाडौं–भरतपुर उडान गर्ने भएको हो । 

परीक्षण उडानको औपचारिक रूपमा उद्घाटन गर्न उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने  र पर्यटनमन्त्री हितबहादुर तामाङ भरतपुर पुगेका थिए ।  विमानस्थलमा एयरलाइन्सको परीक्षण उडानसँगै नियमित उडानको बाटो खुलेको बताइएको छ । 

नेपाल नागरिक उड्ययन प्राधिकरणसँग श्रीले केही दिन अगाडि भरतपुरमा उडानका लागि अनुमति मागेको थियो । परीक्षण सकिएसँगै श्रीको ८० सिट क्षमताको जहाज अब काठमाडौं भरतपुर आवतजावत गर्ने छ । 

भरतपुर विमानस्थलको रनवे छोटो भएको कारणले ७२ सिटे एटिआर जहाज आउन सकेका थिएनन् । तर, श्री एयरलाइन्सको जहाज भने छोटो रनवेमा पनि अवतरण गर्न सक्ने आजको परीक्षणले देखाएको छ । 

श्री एयरलाइन्सले नियमित रूपमा भरतपुरमा उडान गरेमा हवाई भाडा घट्ने विश्वास लिइएको छ । ठूला जहाज आउन नसकेको भन्दै भरतपुर विमानस्थलको रनवे विस्तारको प्रक्रिया अगाडि बढाइ राखिएको छ । 

योसँगै भरतपुर विमानस्थलमा बुद्ध एयरको एकाधिकार तोडिनेछ । गुण एयरलाइन्सले उडान बन्द गरेसँगै बुद्ध एयरले मात्र भरतपुरमा उडान भर्दै आएको थियो । अहिले भरतपुरबाट बुद्ध एयरको ४२ सिटे जहाज उडान गर्दै आएको छ । श्री एयरलाइन्सको ८० सिटे जहाज परीक्षण भरतपुरमा सफल भएपछि काठमाडौं–भरतपुर उडानमा अझ सहज हुने विश्वास लिइएको छ ।

Logo