सुनचाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो ?

सुनचाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो ?

केन्द्रबिन्दु
99
Shares

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। आइतबार सुन प्रतितोला २७ सयले घटेर तोलाको १ लाख ४२ हजारमा कारोबार भएको छ।

यस अघि शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ४४ हजार ७ सयमा कारोबार भएको थियो।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४१ हजार ३ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै आज चाँदीको मूल्य तोलाको ५० रुपैयाँले घटेर प्रतितोला १८१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

Logo