साधारणसभामा सेञ्चुरी बैंकको लाभांश पारित

साधारणसभामा सेञ्चुरी बैंकको लाभांश पारित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

सेञ्चुरी कमर्सियल बैंकको आठौं वार्षिक साधारणसभा बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छ । उक्त सभामा सर्वसाधारण शेयरधनीको तर्फबाट राजेश कुमार श्रेष्ठ, सुनिल कुमार न्यौपाने र अभिषेक बज्राचार्य तीन जना सञ्चालक पदमा निर्विरोध निर्वाचित हुनुभएको छ ।

साधारण सभाले शेयरधनीलाई हाल कायम रहेको चुक्ता पुँजीको २ प्रतिशत बोनस शेयर र ४ दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यो बोनस शेयर जारी पश्चात् बैंकको चुक्ता पुँजी ८ अर्ब ४१ करोड ५५ लाख पुगेको छ । आव २०७५/७६ को पुस मसान्तसम्म बैंकले कुल निक्षेप ६४ अर्ब १२ करोड र कर्जा ५९ अर्ब ६१ करोड परिचालन गरी ७४ करोड २ लाख सञ्चालन मुनाफा र ५१ करोड ८१ लाख खुद मुनाफा आर्जन गरेको छ ।

बैंकले काठमाडौं उपत्यकामा १३ शाखा र ६ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर ९८ शाखा र २ वटा एक्स्टेन्सन काउन्टर साथै १३ वटा शाखारहित बैंकिङ गरी जम्मा १३२ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

Logo