संस्कृति स्कुलको ‘स्कुल टु स्कुल’ अभियानमा कुटुम्बको सहकार्य

संस्कृति स्कुलको ‘स्कुल टु स्कुल’ अभियानमा कुटुम्बको सहकार्य

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । कुटुम्बले विश्व संगीत दिवसको अवसरमा संस्कृति विद्यालयमा विशेष प्रस्तुति दिएको छ।

सो प्रस्तुतिमा कुटुम्बले विभिन्न परम्परागत बाजागाजासहित मनोरञ्जन प्रदान गरेको हो।

कुटुम्ब ब्यान्डको सहकार्यमा संस्कृति विद्यालयले ‘स्कुल टु स्कुल’ नामक अभियानपनि सञ्चालन गरेको छ। सो अभियानअन्तर्गत जाजरकोटका विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्री उपलब्ध गराउन समर्पित रहेको विद्यालयले जानकारी दिएको छ।

‘स्कुल टु स्कुल’अभियान मार्फत विद्यार्थी, अभिभावक र कर्मचारी सदस्यहरूले विभिन्न स्टेशनरी सामग्रीहरू प्रदान गरेर समर्थन गरेका बताइएको छ। साथै, विद्यालयले सो योजनाको लागि ५० हजार प्रदान गरेको छ।

Logo