प्रभु बैंक र नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरबीच विशेष छुट सम्झौता

प्रभु बैंक र नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरबीच विशेष छुट सम्झौता

केन्द्रबिन्दु
84
Shares

प्रभु बैंकका कर्मचारीहरुलाई लक्षित गर्दै ललितपुरकाे हरिसिद्धिमा अवस्थित नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरसँग विभिन्न सेवा सुविधामा विशेष छुट दिने सम्झौता भएको छ ।

एक समारोहका बीच सम्पन्न सम्झौतामा प्रभु बैंकका तर्फबाट बाग्मति प्रदेश–३ का प्रमुख राजु के.सी.र शाखा प्रबन्धक अमित बज्राचार्यद्वारा गरेका हुन् । सम्झौता अनुसार प्रभु बैंकका कर्मचारीहरुले कर्मचारी मान्य परिचयपत्र को आधारमा मा नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर को विभिन्न सेवा सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

उक्त समारोहमा बिशेष गरी महिला कर्मचारीहरुलाई लक्षित गरि स्तन र पाठेघर सम्बन्धि क्यान्सरबारे जानकारी गराइएको थियो । स्तनसम्बन्धी क्यान्सर का डा.प्रफुल्ल शाक्य र पाठेघरसम्बन्धि क्यान्सरकी डा. अनु बज्राचार्यले चेतना मुलक सन्देश प्रस्तुत गरेकी थिइन् भने सो समारोहमा उल्लेखनीय महिला कर्मचारीहरुको सहभागिता समेत रहेको थियो ।

Logo