चीनको उत्कृष्ट गुणस्तरको नम्बर १ ब्राण्ड जीएसी मोटर्स नेपालमा

चीनको उत्कृष्ट गुणस्तरको नम्बर १ ब्राण्ड जीएसी मोटर्स नेपालमा

केन्द्रबिन्दु
39
Shares

काठमाडौं । विश्वव्यापी अटोमोबाइल उत्कृष्टताको अग्रणी ब्राण्ड जीएसी मोटर्सले नेपाली बजारमा सीजी मोटर्समार्फत प्रवेश गरेको छ।

उच्च गुणस्तर, नवप्रवर्तन र अत्याधुनिक प्रविधिको लागि विश्वभरि ख्यातिप्राप्त जीएसी मोटर्सले आफ्नो नयाँ एआइओन र एसयुभीको नेपाली बजारमा सार्वजनिक गर्दै आफ्नो उपस्थितिलाई विस्तार गरेको छ।

जीएसी मोटर्स चीनको ऑटोमोबाइल ब्राण्ड गुणस्तर रैंकिङमा नम्बर १ मानिएको अनुसन्धान, विकास र प्रविधिमा संसारभर प्रसिद्ध रहेको छ। ब्राण्डले यूएईमा ‘उत्तम चिनियाँ ऑटोमोबाइल ब्राण्ड’ र नाइजेरियामा ‘ऑटोमोबाइल इन्टरप्राइज अफ द एअर’जस्ता धेरै अन्तर्राष्ट्रिय पुरस्कारहरू प्राप्त गरेर आफ्नो प्रतिष्ठा स्थापित गरेको कम्पनीको दाबी छ।

अब, जीएसी मोटर्सले एआइओन वाइमार्फत नेपाली बजारमा ड्राइभिङ अनुभवमा परिवर्तन ल्याउन तयारी गर्नुका साथै ग्राहकको सन्तुष्टिलाई प्राथमिकतामा राखेर नेपाली ग्राहकको मन जित्ने विश्वास राख्ने कम्पनीको दाबी छ। जीएसी मोटर्सले नेपाली बजारमा नयाँ मापदण्डहरू स्थापित गरी ड्राइभिङ अनुभवलाई नयाँ उचाइमा पुर्याउने बताइएको छ।

अत्याधुनिक प्रविधि र विशेषताहरूले भरिपूर्ण एआइओन एसयुभीले नेपाली बजारमा नयाँ युगको सुरूआत गर्ने दाबी गरेको छ।

Skip This
Skip This
Logo