सिंगापुरमा सार्वजनिक गर्यो बीवाईडीले सय किलोवाटको बीवाईडी सिल

सिंगापुरमा सार्वजनिक गर्यो बीवाईडीले सय किलोवाटको बीवाईडी सिल

केन्द्रबिन्दु
84
Shares

काठमाडौं । बीवाईडीले सिंगापुरमा सय किलोवाटको इलेक्ट्रिक सेडान सिलको नयाँ भेरिएन्ट सार्वजनिक गरेको छ।

विश्व प्रसिद्ध चिनियाँ इलेक्ट्रिक सवारी साधन निर्माता कम्पनी बीवाईडीले इलेक्ट्रिक सेडान सिलको डाइनामिक, प्रिमियम र पर्फमेन्स गरी तीन भेरिएन्टमा उपलब्ध रहेकोमा अब डाइनामिकलाई डाइनामिक १०० बनाएको हो। पहिले सो भेरिएन्टमा १५० किलोवाटको मोटर रहेकोमा अब भने १०० किलोवाटको मोटर हुने कम्पनीले जनाएको छ।

मोटरले अब 134 बीएचपी पावर प्रदान गर्ने र जुन पहिलको भन्दा लगभग ७७ बीएचपी कम भएको बताइएको छ। अघिल्लो मोडलमा ७.५ सेकेन्डको तुलनामा शून्यबाट १०० किमी प्रतिघन्टाको गतिमा पुग्न १० सेकेन्ड लाग्ने बताइएको छ। यद्यपि कारको उत्साहजनक प्रदर्शनलाई कायम राख्दै टर्क भने पहिलेकै ३१० एनएममा टर्क रहने बताइएको छ।

सिल डाइनामिक १०० का अन्य फिचर भने पहिलेकै सिल डाइनामिक जस्तै रहेका छन्। यसमा पु्रानै ११.४४ किलोवाट आवरको ब्याट्री छ, जसले ४०० किलोमिटरको रेन्ज दिनेछ। त्यसैगरी यसले फास्ट चार्जर पनि सपोर्ट गर्ने बताइएको छ। ११० किलोवाट डीसी चार्जरले ब्याट्रीलाई ३२ मिनेटमै ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिने बताइएको छ।

त्यसैगरी बीवाईडी सिल डाइनामिक १०० मा १५.६ इन्चको रोटेटिङ इन्फोटेनमेन्ट टचस्क्रिनका साथै १०.२५ इन्चको डिजिटल ड्राइभर डिस्प्ले रहेको छ। आधुनिक कारमा हुने इलेक्ट्रोनिक एड्जस्टमेन्ट सहितका भेन्टिलेटेड फ्रन्ट सिट यसमा रहेका छन्।

त्यसैगरी यसमा ड्राइभर असिस्टेन्स फिचर, ९ एयरब्याग सिस्टम, प्यानोरामिक सनरुफ जस्ता फिचर पनि छन्।

सिंगापुरमा बीवाईडी सिल डाइनामिक १०० को मूल्य १ लाख ७० हजार डलर तोकिएको र सिंगापुरको डिलरले ‘बीवाईडी १०० आवर सेल’ अफर ल्याएर यो अवधिमा २० हजार डलरसम्म छुट र फाइदा पाउन सकिने अफरसमेत ल्याएको बताइएको छ।

बीवाईडी सिल प्रिमियम सेडान मानिन्छ। नेपालमा पनि साइमेक्स इंकले बीवाईडी सिलका तीन भेरिएन्ट डाइनामिक, प्रिमियम र पर्फमेन्स बिक्रीका लागि उपलब्ध गराएको छ। १५० किलोवाट मोटर भएका यी भेरिएन्टको मूल्य क्रमशः करोड ५ लाख, १ करोड ३९ लाख र १ करोड ८५ लाख रुपैयाँ तोकिएको छ।

नेपालमा जस्तै सिंगापुरमा पनि मोटर पावरका आधारमा कर निर्धारण गरिएको कम्पनीले जनाएको छ। कम्पनीले त्यही अनुसार मोटर पावर निर्धारण गरेर गाडी उत्पादन गरेको छ। भविष्यमा नेपालमासमेत बीवाईडी सिल डाइनामिक १०० आउने अनुमान गर्न सकिने बताइएको छ।

Logo