‘मकवानपुर स्मार्ट स्टूडेण्ट अफ द एअर २०८१’ को छात्रवृत्ति कार्यक्रम पुन संचालनमा

‘मकवानपुर स्मार्ट स्टूडेण्ट अफ द एअर २०८१’ को छात्रवृत्ति कार्यक्रम पुन संचालनमा

केन्द्रबिन्दु
84
Shares

काठमाडौं । रिद्धि सिद्धि सिमेन्टले आफ्नो व्यवसायीक सामाजिक उत्तरदायित्वअन्तर्गत मकवानपुर जिल्लालाई लक्षित गरि ‘मकवानपुर स्मार्ट स्टूडेण्ट अफ द एअर २०८१’ को छात्रवृत्ति कार्यक्रम पुन संचालनमा ल्याएको छ।

छात्रवृत्तिअन्तर्गत २०८० मा परीक्षा दिएको र २०८१ सालमा नतिजा प्राप्त भई एसईईमा उत्तीर्ण भएका सम्पूर्ण मकवानपुर जिल्लाको विद्यार्थीलाई लक्षित गरी उक्त एसईई परीक्षामा ३.५ जिपिएदेखि ४ जिपिए ल्याएको खण्डमा यस छात्रवृत्ति कार्यक्रममा सहभागिताको लागि योग्य मानिने बताएको छ।

गत सालमा आयोजना गरिएको “मकवानपुर स्मार्ट स्टूडेण्ट अफ द एअर २०८०” छात्रवृति कार्यक्रममा कुल ११ विद्यार्थी लाभान्वित भएका थिए। पछिल्लो वर्षको छात्रवृति कार्यक्रमको भव्य र सभ्य सफलता पश्चात कम्पनीद्वारा यस २०८१ सालमा थप ४ विद्यार्थीको संख्यामा वृद्धि गरि कुल १५ जना स्मार्ट विद्यार्थीलाई मकवानपुरकै उत्कृष्ट छात्रवृति प्रदान गरिने जनाएको छ।

छात्रवृत्तिअन्तर्गत पहिलो हुने विद्यार्थीलाई मासिक रुपमा ५ हजार, दोश्रो हुनेलाई ३५ सय, तेश्रो हुनेलाई २५ सयसाथै सान्त्वना स्वरुप थप १२ विद्यार्थीलाई मासिक रुपमा १५ सय कम्पनीले एक वर्षसम्म उपलब्ध गराउने जनाएको छ।

यस छात्रवृत्ति कार्यक्रममा आबद्ध हुन विद्यार्थीले कम्पनीको आधिकारिक वेवसाईट वा फेसबुक पेजमा उल्लेखित गरिएको उल्लेखित क्यूआर कोडमा स्क्यान गरी फाराम भर्न सकिने बताइएको छ। आवेदकको फाराम बुझाउने अन्तिम मिति २३ असार, २०८१ तोकिएको छ।

Logo