हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको नेतृत्व परिवर्तन

हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको नेतृत्व परिवर्तन

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको नेतृत्व परिवर्तन भएको छ। इन्स्योरेन्स संचालक समितिको गत १२ गते निर्णय र प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाहबीचको आपसी सहमति अनुसार १३ असारदेखि लागू हुने गरी नेतृत्व परिवर्तन गरिएको हो।

यससँगै शाह कम्पनीको प्रमुख कार्यकारी अधिकृतबाट पदमुक्त भएका छन्। उनको नेतृत्वमा कम्पनी गैर–जीवन बिमा उद्योग इतिहासमै पहिलो पटक मर्जर गराउन सफल भएको र उनको योगदानका लागि सदैव आभारी रहने कम्पनीले जनाएको छ।

अर्को व्यवस्था नभएसम्मका लागि नायव प्रमुख कार्यकारी अधिकृत अञ्जु श्रेष्ठले निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्ने भएकी छिन्।

Skip This
Skip This
Logo