एनएमबि बैंकले मनायो एमएसएमई दिवस

एनएमबि बैंकले मनायो एमएसएमई दिवस

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । एनएमबि बैंकले ‘एमएसएमई दिवस-२०२४’ मनाएको छ।

बैंकले सातै प्रदेशमा एमएसएमई ग्राहकहरुलाई सम्मान र सहयोग गर्ने उदेश्यले कार्यक्रम आयोजना गरेर एमएसएमई दिवस मनाएको हो।

कार्यक्रममा बैंकका बिभिन्न शाखाहरुका ८०० भन्दा बढि ग्राहकहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा एमएसएमईका ग्राहकहरुलाई लेखा, बित्त, मार्केटिङ्ग, डिजिटलाईजेशन जस्ता बिषयहरुको जानकारी दिँदै यसबाट अधिकतम फाईदा लिएर व्यवसाय अभिवृद्धि गर्नको लागि उत्प्रेरित गरिएको थियो।

कार्यक्रममा उपस्थित ग्राहकबीच एक आपसमा सम्बन्ध जोड्न र उनीहरूको व्यवसाय प्रवर्द्धन गर्नको लागि बैंकले सहजिकरण गर्दै ग्राहकलाई उनीहरूको व्यवसायमा आईपरेको विभिन्न समस्याहरू समाधान गर्नको लागि सुझाव दिईएको थियो भने उपस्थित केही ग्राहकहरूले आफ्नो सफलताका कथाहरूसमेत सुनाएको बैंकले जनाएको छ।

एमएसएमई तथा अन्य प्राथमिक क्षेत्रलाई प्राथमिकतामा राख्दै आईरहेको बैंकले, एमएसएमई दिवस विगत ३ वर्षदेखि मनाउँदै आईरहेको छ। यस्ता कार्यक्रमा उपस्थित ग्राहकले प्रतिस्पर्धात्मक बजारमा आफूलाई सशक्त बनाएर आफ्नो व्यापार व्यवसाय बढाउनेसमेतको आत्मविश्वास बैंकले प्रदान गरेको बताइएको छ।

एनएमबि बैंक विगत २८ वर्षदेखि अनवरत रुपमा बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै आइरहेको नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजतपत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो।

एनएमबि बैंकले हाल देशभर २०१ शाखा, १८८ एटिएम र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ।

Logo