धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द

धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द

केन्द्रबिन्दु
84
Shares

नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्ने प्रक्रिया रद्द भएको छ ।

अर्थ मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै नाम सिफारिसका लागि गठन भएको समितिको असार १४ को निर्णयअनुसार धितोपत्र बोर्ड अध्यक्ष छनोट प्रक्रिया रद्द भएको जानकारी दिएको हो । मन्त्रालयले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिन बहादुर श्रेष्ठ संयोजकत्वमा बोर्ड अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन गरेको थियो । तर अन्तिम ५ जनाको अन्तर्वार्ता र कार्ययोजना प्रस्तुतीकरण विवादमा परेसँगै समितिले ३ जनाको नाम अर्थ मन्त्रालयमा पठाउन नसकेपछि नियुक्ति प्रक्रिया नै रद्द गरिएकाे हाे ।

Logo