रिडी पावर कम्पनीको अध्यक्षमा कुबेरमणि नेपाल नियुक्त भएका छन् ।
यसअघिका अध्यक्ष सञ्जिव न्यौपानेले आफ्नो कार्यव्यस्तताको कारण अध्यक्ष र सञ्चालक पद दुवैबाट राजीनामा दिएपछि रिक्त पदमा नेपाललाई नियुक्त गरिएको हो । शुक्रबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले उक्त निर्णय लिएको हो ।
यस्तै, बैठकले कम्पनीको प्रबन्ध सञ्चालक पदमा नवनियुक्त संचालक सन्तोष अधिकारीलाई नियुक्त गरेको छ।





























प्रतिक्रिया