एनआईसी एशिया बैंकद्वारा मास्टरकार्ड सेवा शुभारम्भ, के छ सुविधा ?

एनआईसी एशिया बैंकद्वारा मास्टरकार्ड सेवा शुभारम्भ, के छ सुविधा ?

केन्द्रबिन्दु
112
Shares

एनआईसी एशिया बैंकले भुक्तानी प्रणालीलाई थप सशक्त बनाउने उद्देश्यका साथ मास्टरकार्ड सेवा शुभारम्भ गरेको छ । आइतबार पोखरामा आयोजित एक विशेष कार्यक्रमका बीच उक्त कार्ड सेवाको शुभारम्भ गरिएको हो ।

डेबिट कार्डको रुपमा प्रयोग गर्न सकिने मास्टरकार्ड बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट ग्राहकहरुले प्राप्त गर्न सक्नेछन् । जसमा अत्याधुनिक सुरक्षा प्रविधि तथा अत्याधुनिक कन्टेनलेस प्रविधि समेत प्रयोग गरिएको छ । यस कार्डमार्फत ग्राहकहरुले नेपाल, भारत र भुटानबाट एटिएम वथड्रको साथमा पिओएस तथा ई–कमर्श भुक्तानी लगायतको सुविधा उपभोग गर्न सक्ने बैंकले जनाएकाे छ ।

‘डिजिटल फष्ट’ बैंकको रुपमा आफूलाई स्थापित गर्न लागिरहेको बैंक र विश्वविख्यात मास्टरकार्डबीचको यो सहकार्यले नेपालको बैंकिङ्ग क्षेत्रलाई थप उचाइमा पुर्याउन ठोस योगदान दिने बैंकले विश्वास लिएको छ ।

कार्ड बैंकिङ्ग सेवा प्रदायकको रुपमा मुलुकका अग्रणी वाणिज्य बैंकको रुपमा रहेको एनआईसी एशिया बैंकले हालसम्म भिषा कार्डबाट सेवा प्रदान गरिरहेको थियो । एनआईसी एशिया बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६७० एटिएम, ११८ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको छ ।

Logo