एनआईसी बैंकका ग्राहकलाई नेपाल क्यान्सर हस्पिटलमा छुट

एनआईसी बैंकका ग्राहकलाई नेपाल क्यान्सर हस्पिटलमा छुट

केन्द्रबिन्दु
0
Shares

एनआईसी एशिया बैंक लिमिटेडका ग्राहकहरुले नेपाल क्यान्सर हस्पिटलको विभिन्न सेवा सुविधाहरुमा १० प्रतिशतसम्म छुट पाउने भएको छ।

बैंक र हस्पिटलबीच छुट सम्बन्धि सम्झौता भएको हो। सम्झौतापत्रमा बैंकको तर्फबाट  प्रमुख कार्यकारी अधिकृत  रोशनकुमार न्यौपाने र हस्पिटलको तर्फबाट कार्यकारी अध्यक्ष डा. सुदिप श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

बैंकले मुलुकभर २८१ शाखा कार्यालयहरु, २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाईमार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ।

बैंकले संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यास गर्दै आएको सुचनाअधिकृतअर्जुन राजखनियाले जानकारी दिए ।

Skip This
Skip This
Logo