बाँके ।
झन्डै ३१ अर्बको लगानीमा बाँकेमा निर्माण भइरहेको सिक्टा सिंचाई अयोजनाको ४० प्रतिशत काम बाँकी छँदै विभिन्न चुनौतिहरु देखा परेका छन् । राष्ट्रिय गौरवको सिक्टा सिंचाई आयोजनाको ४५ किलोमिटर नहर निर्माण भैसकेको छ । तर पूर्णरुपमा निर्माण सम्पन्न भइनसक्दै आयोजनाले चुनौतिहरु सामान गर्नुपरेको छ ।
आयोजनाले नहरको पुलमा लगाएका रेलिङहरु चोरी हुने, माछा मार्नका लागि नहरको पानी खोलिदिने लगायतका चुनौति सामाना गर्नुपरेको छ । सिक्टा सिंचाई आयोजनाका आयोजना निर्देशक लोकबहादुर थापाले निर्माण भएको ठाउँमा कमजोर धरातलका कारण नहर भित्र बनाइएका स्याल्यापहरु माटोमा भासिने भएको हुनाले पनि काम गर्न समस्या भइराखेको बताए ।
सिक्टा नहरमा खास गरेर घुलनसिल माटो भएका कारणले नहरको संरचना भत्किने गरेको छ । यस्तै जंगलको बाटो भएकै कारणले पानी खेत सम्म पु¥याउन गाह्रो भएको थियो । तर पनि पानी ल्याउन सफल भएको आयोजनाका इन्जिनियर नरेश पाण्डेले बताउँछन् ।
सिक्टा सिंचाईको ठूलो शाखाको रुपमा रहेको डुडुवा नहरमा अव्यवस्थीत रुपले नहरमा पुल निर्माण र ढल निकास बनाएपछि खेतमा पानी पुर्याउन थप जटिल देखिएको छ । सिक्टा सिंचाई आयोजना बाँकेको पहलमा काम भइराखे पनि स्थानीय निकायहरु भने मौन देखिन्छन् । यसरी उक्त आयोजना सम्पन्न नहुँदै निर्माण गरिएका संरचना जिर्ण बन्दै जाँदा झण्डै ३१ अर्बको लगानी बालुवामा पानी सरह भएको छ ।





























प्रतिक्रिया