एलआइसी नेपालको धनवृष्टि योजना

एलआइसी नेपालको धनवृष्टि योजना

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल (एलआइसी) ले हालै बजारमा ल्याएको धनवृष्टि बिमा योजना पहिलो दिनमा ५ हजार एक सय २२ वटा बिक्री भएको छ । बिमालेख बिक्रीबापत कम्पनीले ८ करोड ५० लाख प्रथम बिमा शुल्क आर्जन गरेको हो ।

कम्पनीले गत २९ चैतमा धनवृष्टि धन फिर्ता बिमा योजना सार्वजनिक गरेको थियो । बिमा अवधिभित्र नै किस्तामा बिमांक रकम फिर्ता गर्ने यस योजनालाई कम्पनीका मुलुकभर रहेका ७४६ अभिकर्ताले पहिलो दिनमा नै ५ हजार भन्दा बढी बिक्री गरेको कम्पनीले बताएको छ ।

धनवृष्टि धन फिर्ता योजनामा बिमा अवधिभित्रमा नै कम्पनीले बिमांक रकम फिर्ता गर्छ । बिमा अवधिभित्र नै विभिन्न किस्तामा धन फिर्ता हुने भएकाले बिमाशुल्क भुक्तानीमा सहज हुने कम्पनीले बताएको छ । यस योजनामा १३ देखि ६० वर्षसम्म उमेरका व्यक्तिले सहभागी हुन सक्नेछन् । योजनाको न्यूनतम बिमांक रकम १ लाख रुपैयाँ कायम गरिएको छ । यो योजना १० र १५ वर्ष अवधिका लागि उपलब्ध छन् । १० वर्षे योजनामा प्रत्येक तीन, तीन वर्षको फरकमा बिमांकको ३३ प्रतिशत रकम फिर्ता हुन्छ । कम्पनीले बिमा अवधि सुरु भएको पहिलो तीन वर्षमा ३३, ६ वर्षमा ३३ प्रतिशत रकम भुक्तानी गर्छ । बाँकी रहेको ३४ प्रतिशत बिमांक रकम बिमा अवधि अर्थात् १० वर्षमा बोनसका साथ एकमुष्ट भुक्तानी गर्छ ।

त्यस्तै १५ वर्षे योजनामा बिमा अवधि सुरु भएको ३, ६, ९ र १२ वर्षमा बिमांकको १५,१५ प्रतिशत रकम भुक्तानी गर्छ । अर्थात् बिमा गरिएको १२ वर्षभित्रमा कम्पनीले बिमांक रकमको ६० प्रतिशत बिमांक रकम भुक्तानी गर्छ । बाँकी रहेको ४० प्रतिशत रकम बिमा अवधि सकिएपछि अर्थात् १५ वर्षमा बोनसका साथ एकमुष्ट रकम भुक्तानी गर्छ । यो योजनामा अधिकतम ७५ लाखसम्मको दुर्घटना लाभ र स्थायी असक्तता लाभसमेत लिन सकिन्छ ।

Skip This
Skip This
Logo