लक्ष्मी सनराइज बैंकले गर्‍यो कागेश्वरी मनोहरा नगरपालिकामा सेवा विस्तार

लक्ष्मी सनराइज बैंकले गर्‍यो कागेश्वरी मनोहरा नगरपालिकामा सेवा विस्तार

केन्द्रबिन्दु
24
Shares

लक्ष्मी सनराइज बैंकले काठमाडौं जिल्लाको कागेश्वरी मनोहरामा आफ्नो शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ।

काठमाडौं जिल्लाको बौद्धमा रहेका २ शाखामध्ये गोकर्णेश्वर नगरपालिका वडा न.६ स्थित शाखा कागेश्वरी मनोहरा नगरपालिका वडा नं.५ को थलीमा स्थानान्तरण गरिएको छ । स्थानान्तरण गरिएको साविकको बौद्ध शाखाका ग्राहकहरुले सोही ठाउँमा रहेको बौद्व पिपलबोटको शाखा (हालको स्थान बाट ४०० मिटर) मार्फत सेवा लिन सकिने बै‌कले जनाएको छ।

स्थानान्तरण भएसँगै लक्ष्मी सनराइज बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरुमाझ बैंकिङ्ग सेवाको पहुँच अझ सहज बनाउने विश्वास राखेको छ। स्थानान्तरण भएको शाखाले ग्राहक तथा व्यवसायीहरुलाई सबै प्रकारका रिटेल बै‌ंकिङ सेवाहरु प्रदान गर्नेछ। हाल लक्ष्मी सनराइज बैंकको सञ्जालमा ५९ जिल्लामा २५४ शाखा, ३१६ एटीएम, २८ एक्स्टेन्सन काउन्टर र १२८ शाखारहित बैंकिङ एजेन्ट रहेका छन्।

Logo