टिभिएस कल्टको दोस्राे सफलतापूर्वक राइड सम्पन्न

टिभिएस कल्टको दोस्राे सफलतापूर्वक राइड सम्पन्न

केन्द्रबिन्दु
70
Shares

काठमाडौँ । टिभीएस मोटर नेपालको एकमात्र आधिकारिक जगदम्बा मोटर्सले दोस्रो वार्षिकोत्सव यात्रा शनिबार सम्पन्न भएको छ ।

टिभीएस शोरूम ब्रदर्स आटो पोइन्ट ज्ञानेश्वरबाट सुरु भई बुढानीलकण्ठको ड्रीम गार्डेन रिसोर्टसम्मको राइडमा ६० जना विविध क्षेत्रबाट आएका राइडरहरूको सहभागिता थियो । यसमा एक मात्र महिला राइडर रोनीशा महर्जन पनि सहभागी थिइन् । यो कार्यक्रम असार १५ को संयोगमा परेको थियो, जुन रोपाइँ दिवसको रूपमा पनि मनाइन्छ । राइडरहरू चुनिखेल–१०, बूढानीलकण्ठमा आयोजित ‘धान रोपाइँ कार्यक्रम’ पनि सहभागी भएका थिए ।

यात्रामा २३ देखि ५५ वर्ष उमेरसम्मका विविध समूहका सहभागीहरू थिए । मार्शल मिलन घिमिरेले सुरक्षा सवारी गियरको तालिम प्रदान गरेका थिए । रोनीन कल्ट समुदायमा ४ सयभन्दा बढीले सदस्यता पाएका छन् ।

टिभीएस मोटर नेपालको एकमात्र आधिकारिक जगदम्बा मोटर्सल आफ्ना सम्मानित ग्राहकहरूका लागि दोस्रो वार्षिकोत्सव यात्रा, असार १५ तारिख शनिबार, टिभीएस शोरूम ब्रदर्स आटो पोइन्ट ज्ञानेश्वरबाट सुरु भई बुढानीलकण्ठको ड्रीम गार्डेन रिसोर्टमा सफलतापूर्वक सम्पन्न ग¥यो जस्मा ६० जना विविध क्षेत्रबाट आएका राइडरहरुको सहभागिता थियो

Logo