एक्साइड ब्याट्रीका डिलरहरुको एक साता लामो जापान भ्रमण सम्पन्न

एक्साइड ब्याट्रीका डिलरहरुको एक साता लामो जापान भ्रमण सम्पन्न

केन्द्रबिन्दु
70
Shares

एक्साइड इन्डस्ट्रिजको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा.लि.ले आफ्ना च्यानल पार्टनरहरुलाई जापान भ्रमण गराएको छ। कम्पनीले हालै विभिन्न ६ वटा डिलरका सञ्चालकलाई जापानको एक साता लामो भ्रमण गराएको हो।

भ्रमणमा तिरुपति बालाजी टायर वर्ल्ड, भट्टराई एण्ड ब्रदर्स सप्लायर्स, आरबी इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक्स, शिव शक्ति सप्लायर्स, चण्डेश्वरी इलेक्ट्रिक एण्ड इलोक्ट्रोनिक्स सप्लायर्स र आँचल इलोक्ट्रोनिक्स ट्रेडका प्रतिनिधि सहभागी थिए । उनीहरुले टोकियो, ओसाका र नारितामा अवस्थित विभिन्न पर्यटकीय गन्तव्य अवलोकन गरेको कम्पनीले सोमबार प्रेस विज्ञप्तिमार्फत जनाएको छ।

एक्साइड ब्याट्रीका बरिष्ठ महाप्रबन्धक सुरेश कुमार तिवारीले नेतृत्व गरेकाे यस जापान भ्रमणको क्रममा च्यानल पार्टनरहरुलाई मायाको चिनो पनि प्रदान गरेका थिए । यसअघि कम्पनीले च्यानल पार्टनर हरुलाई युरोप भ्रमण गराइएको थियो । भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने कम्पनीको उद्देश्य रहेको छ ।

सिप्रदी ट्रेडिङ एक्साइड ब्याट्रीको नेपालस्थित आधिकारिक बिक्रेता हो। गाडी, मोटरसाइकल, इन्भर्टर र सोलार सम्बन्धी एक्साइड ब्राण्डका ब्याट्री बजारमा उपलब्ध छन्।

Logo