सिजीको वासर ड्राइयर वासिङ मेसिन बजारमा, मेसिनभित्र लुगा सुकाइदिने

सिजीको वासर ड्राइयर वासिङ मेसिन बजारमा, मेसिनभित्र लुगा सुकाइदिने

केन्द्रबिन्दु
98
Shares

वर्षाको मौसमलाई लक्षित, छिटो र सहज ढङ्गले कपडा धुने र मेसिनभित्र नै सहजै सुक्ने प्रविधियुक्त सिजी वासर एन्ड ड्राइयर वासिङ मेसिन बजारमा आएकाे छ । पानी पर्ने मौसममा लुगा सुकाउने समस्याबाट मुक्त गराउने उद्देश्यले सिजीले यो वासिङ मेसिन ल्याएको हो ।

उक्त मेसिनमा स्पाकेयर प्रविधिको मद्दतले लुगा सफासँग धोएर लुगामा भएका किटाणुहरुलाई नाश गरी, हिट पम्प ड्राइङ टेक्नोलोजीमार्फत कपडा मेसिनभित्र, सहजै रुपमा धुन अनि सुकाउन मिल्छ ।

बिड्राइभ इन्भर्टर मोटरले १४०० आर.पि.एममा कपडाहरु मज्जाले घुमाएर धुन्छ भने सोही मेसिनमा फरक–फरक किसिमका कपडाहरु फरक–फरक ढङ्गले धुनका लागि प्रि वाश, नाईट वाश, एक्स्ट्रारिन्ज अनि स्पिड वाश जस्ता मोडहरु छन् । सिजीले यस मेसिनको मोटरमा १० वर्षको वारेन्टी दिएको छ र विभिन्न क्षमतामा उपलब्ध गराएको छ । यो मेसिन नजिकैको सिजीे स्टोरहरुबाट अथवा अनलाइनबाट पनि खरिद गर्न सकिन्छ ।

Logo