बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन ९ प्रतिशतले बढ्यो

बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन ९ प्रतिशतले बढ्यो

केन्द्रबिन्दु
84
Shares

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप परिचालन ९ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु वर्षको जेठसम्मको तथ्याङ्क अनुसार ९ प्रतिशतल निक्षेप परिचालन बढेर ५ र्खब १४ अर्ब ५७ करोड रुपैयाँ पुगेको हाे ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ४ खर्ब ४५ अर्ब १३ करोड (८.८ प्रतिशत) ले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८१ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १२.६ प्रतिशतले बढेको छ ।

बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ५.२ प्रतिशत, २९.१ प्रतिशत र ५८.५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ७.९ प्रतिशत, २५.६ प्रतिशत र ५९.७ प्रतिशत रहेको थियो ।

११ महिनामा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३६.० प्रतिशत रहेको राष्ट्र बैंकले बताएको छ । २०८० जेठ मसान्तमा यस्तो निक्षेपको अंश ३६.७ प्रतिशत रहेको थियो ।

Logo