यस्तो छ देशको वर्तमान आर्थिक अवस्था [रिपाेर्टसहित]

यस्तो छ देशको वर्तमान आर्थिक अवस्था [रिपाेर्टसहित]

केन्द्रबिन्दु
84
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/०८१ को एघार महिनासम्मकाे देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । बुधबार सार्वजनिक भएको उक्त तथ्याङक अनुसार जेठसम्ममा १३ खर्ब २७ अर्ब ५१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो ।

वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ४.१७ प्रतिशत रहेको पनि राष्ट्र बैंकले जानकारी दिएको छ । ११ महिनाको अवधिमा आयात १.८ प्रतिशत, निर्यात ३.० प्रतिशत र कुल वस्तु व्यापार घाटा १.७ प्रतिशतले घटेको छ ।

विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १९.३ प्रतिशतले र अमेरिकी डलरमा १७.३ प्रतिशतले बढेको पनि राष्ट्र बैंकले जानकारी दिएको छ । शोधनान्तर स्थिति ४ खर्ब २५ अर्ब ६७ करोड रुपैयाँले बचतमा रहेको छ । कुल विदेशी विनिमय सञ्चिति १९ खर्ब ६७ अर्ब १९ करोड र अमेरिकी डलरमा १४ अर्ब ७२ करोड रहेको उक्त तथ्याङ्कले देखाएको छ ।

नेपाल सरकारको ११ महिनासम्मा ११ खर्ब ८१ अर्ब ३० करोड खर्च र ९ खर्ब १९ अर्ब १९ करोड रुपैयाँ राजस्व परिचालनको पनि राष्ट्र बैंकले बताएको छ । विस्तृत मुद्राप्रदाय ९.१ प्रतिशतले बढेको छ भने वार्षिक बिन्दुगत आधारमा १२.७ प्रतिशतले यस्तो मुद्राप्रदाय बढेको हो ।

बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ९.० प्रतिशतले बढेकोछ र निजी क्षेत्रमा प्रवाहित कर्जा ५.१ प्रतिशतले बढेको छ । राष्ट्र बैंकका अनुसार वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १२.६ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ५.६ प्रतिशत रहेको छ ।

Logo