सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत भूमि व्यवस्थापन तथा अभिलेख विभाग काठमाडौं बीच सम्झौता भएको छ ।
अनलाईन प्रणालीमार्फत धितो बन्धक रोक्का फुकुवा गर्ने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको छ । बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र विभागको तर्फबाट विभागका महानिर्देशक कृष्णप्रसाद सापकोटाले हस्ताक्षर गरी समझदारी पत्र आदान प्रदान गरेका छन् ।
नेपाल सरकारले आफू मातहतका निकायलाई डिजिटाईशेन गर्ने क्रममा लग्दै गएको र सो अन्तर्गत नै अनलाईनमार्फत रोक्का फुकुवा गर्दा मालपोत कार्यालयमा धेरै भिडभाड नहुने र सेवाग्राहीले पनि सहज तथा सरल तरिकाले सेवा उपभोग गर्न पाउने विश्वास लिएको विभागका महानिर्देशक सापकोटा बताउँछन् ।
बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले अनलाईन प्रणालीमार्फत रोक्का फुकुवा गर्दा बैंक तथा वित्तीय संस्थालाई पनि सहज, सरल हुने र वर्तमान समयमा देखिएको किर्ते रोक्का तथा किर्ते जग्गाधनी पुर्जाको कारोबारबाट बैंकलाई सुरक्षित राख्न सक्ने, सेवाग्राहीलाई पनि अनावश्यक झञ्झटबाट मुक्ति मिल्ने बताए ।
कार्यक्रममा बैंकका तर्फबाट कर्जा प्रशासन विभाग, मर्केटिङ विभाग, विभागका तर्फबाट कर्मचारी प्रशासन शाखाका निर्देशक हरिकृष्ण सुबेदी, मालपोत तथा भुमिसुधार शाखा (जग्गा प्रशासन) का निर्देशक तथा विभागका प्रवक्ता रोशन शङ्कर घिमिरे, योजना तथा अभिलेख शाखाका निर्देशक बेदप्रसाद अर्याल, भू-सुचना प्रविधिका कम्प्युटर अधिकृत हरिशरण थापा लगायत सहभागी थिए ।































प्रतिक्रिया