मौलाकाली केबलकारले १० महिनामा गर्‍यो झण्डै १० करोडको व्यापार 

मौलाकाली केबलकारले १० महिनामा गर्‍यो झण्डै १० करोडको व्यापार 

केन्द्रबिन्दु
126
Shares

काठमाडौं । मौलाकाली केबलकारले १० महिनामा झण्डै १० करोडको व्यापार गरेको छ । कम्पनीले चालु आर्थिक वर्ष २०८०/८१ को यस महिनासम्ममा ९ करोड ८० लाख रुपैयाँको व्यापार गरेको हो । 

सन् २०२३ मा २ करोड ४० लाख रुपैयाँको व्यापार गरेको मौलाकाली केबलकारले आफ्नो व्यापारमा छलाङ मारेको देखिन्छ । नेपाल उद्योग वाणिज्य (एफएनसीसीआईं)का अध्यक्ष चन्द्रप्रसाद ढकाल र महासंघका वस्तुगत उपाध्यक्ष हेमराज ढकालको संयुत सेयरमा रहेको मौलाकाली केबलकार नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिकामा अवस्थित छ । 

मौलाकालिका मन्दिर जान केबलकार प्रयोग हुँदै आइरहेको छ । करिब दुई किलोमिटर लामो यस केबलकारमा १४ वटा गोण्डोला रहेका छन् । फेदिबाट केबलकार चढेपछि ५ मिनेटमा मन्दिर नजिकै रहेको टप स्टेशनसम्म पुग्न सकिन्छ । 

माथिल्लो स्टेशनसँगै होटल, ब्याङ्क्वेट हल, स्विमिङ्ग पुल र रेष्टुरेन्ट रहेका छन् । हाल केबलकारकाे दुईतर्फी टिकटकाे मूल्य ५५० कायम गरिएको छ । केबलकारले उमेर समूह अनुसारको टिकट दर तोकेको छ ।

Logo