डिजिटल ठेगाना प्रणाली ‘कता हो’ को नयाँ सेवा सार्वजनिक, हराएको सामान पनि भेटाउने

डिजिटल ठेगाना प्रणाली ‘कता हो’ को नयाँ सेवा सार्वजनिक, हराएको सामान पनि भेटाउने

केन्द्रबिन्दु
105
Shares

काठमाडौं । दुई दशकदेखि नेपालमा विभिन्न प्रविधिहरुको अनुसन्धान गर्दै आइरहेका अनुसन्धानकर्ता रामलक्ष्मणको टिमले तयार गरेको डिजिटल ठेगाना प्रणाली ‘कता हो’मा अब हराएको सामान भेटाउने ट्यागको सेवा सार्वजनिक भएको छ । सो सेवाबाट अब कता हो एपमार्फत निःशुल्क क्युआर कोड ट्याग तयार गरी आफ्ना सामानमा टाँस गर्न सकिन्छ र उक्त सामान हराएमा जो कोहिले पनि सामान धनी पत्ता लगाउन सक्नेछन् ।

यसको प्रयोगले ट्राभल गर्ने व्यक्तिहरुको लागि विश्वभर जुनसुकै स्थानमा पुगेतापनि आफ्ना सामान हराएमा भेट्टाउने व्यक्तिले सोझै सामानधनी पत्ता लगाइ सामान फिर्ता गर्न सक्छन् । आफ्नो पासपोर्ट, पर्स, साँचो, सुटकेस, मोबाइल, ल्यापटप जस्ता सामानहरुमा यो ट्याग टाँस गर्न सकिन्छ ।

त्यस्तै, सवारी साधन पार्किङ्गमा राख्दा अन्य सवारी साधनलाई समस्या परेमा तुरुन्तै सवारीधनीलाई जानकारी गराउन समेत यसको प्रयोग गर्न सकिन्छ । गत माघमा शुरु भएको यो ठेगाना प्रणाली मार्फत स्वतः स्फूर्त रुपमा देशैभरबाट डिजिटल ठेगाना बन्दै आइरहेका छन् भने कतिपय पालिकाहरुले यसै प्रणालीको माध्यमबाट ठेगाना तयार गरी टाँस गर्नको लागि सम्झौता नै गरी यसको प्रयोग गरिरहेका छन् ।

Skip This
Skip This
Logo