काठमाडाैं । नेपालमा हुन्डाई गाडीको आधिकारिक आयातकर्ता तथा वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ हुन्डाई क्रेटा सार्वजनिक गरेको छ। लक्ष्मी हुन्डाईले नेपालमा सन् २०१५ बाट क्रेटाको बिक्री सुरुवात गरेको थियो ।
गज्जबको डिजाइन, उत्कृष्ट प्रदर्शन, हरेक भूभागमा मजाले गुड्न सक्ने प्राय हरेक उमेरका ग्राहकलाई सुहाउने भएकोले धेरैकाे राेजाइ यात्राको साथी बन्न मिड साइज एसयूभी सेगमेन्टमा क्रेटा सफल हुँदै एसयूभी सेगमेन्टमा आफ्नो प्रभावकारी स्थान बनाउन सफल भएको कम्पनीकाे भनाइ छ । मिड साइज एसयूभी सेगमेन्टमा आएको नयाँ क्रेटामा विभिन्न फिचर्स तथा थप सुबिधाहरु रहेका छन्।
नयाँ क्रेटाको अगाडि भागमा प्यारामेट्रिक ब्ल्याक क्रोम ग्रिल, स्लीक क्वाड बीम एलईडी हेडल्याम्प र नयाँ डिजाइनको बम्पर राखिएकाे छ। साथै यसमा आकर्षक साइड लाइन र नयाँ एलोय ह्वीलहरू पनि रहेका छन्।
त्यसैगरी, पछाडि भागमा कनेन्टटिंग एलईडी टेललाइट सेटअप रीडिजाइन गरिएको बम्पर समावेश गरिएको छ। गाडीको भित्री भागमा कालो र खैराे थिममा यसको ड्यासबोर्ड पूर्णत नयाँ छ भने इन्फोटेनमेन्ट सिस्टम र डिजिटल इन्स्टुमेन्ट क्लस्टर पहिलेकाे भन्दा आकर्षक रहेकाे कम्पनीकाे दाबी छ । यसमा दुबै स्क्रिन समान १०.२५ इन्चका छन् । ८-स्पीकर बोस साउण्ड सिस्टम, एम्बर एम्बियेन्ट लाइटिंग, प्यानोरामिक सनरूफ, भेन्टिलेटेड सिटहरू र डुअल-जोन अटोमेटिक क्लाइमेट कन्ट्राेल जस्ता विशेषताहरू समावेश छन् जसले गाडीलाई थप आरामदायी, उत्साहजनक र साहसीपूर्ण ड्राइभिङ अनुभव दिने कम्पनीकाे विश्वास छ।
नयाँ क्रेटामा ३० भन्दा बढी उन्नत सुरक्षा सुविधाहरू प्रदान गरिएको छ । यसमा ६ वटा एयरब्याग, ३६० डिग्री क्यामरा, साउन्ड भ्यू मोनिटर (एसभीएम), ब्लाइन्ड-स्पट टायर भ्यू मोनिटर (बिभीएम), अटो होल्ड सहितको इलेक्ट्रिक पार्किङ ब्रेक र टायर प्रेशर मोनिटरिङ्ग सिस्टम (हाईलाइन )रहेको छ। एडास फिचरअन्तर्गत लेन किप एण्ड फलोइङ असिस्ट, लेन डिपार्चर वार्निङ, एडाप्टिभ क्रुज कन्ट्राेल, फ्रन्ट कोलिसन एभाइडेन्स, ब्लाइन्ड स्पट भ्यू मनिटर र ड्राइभर अटेन्सन वार्निङ जस्ता महत्वपूर्ण फीचर उपलब्ध छन्।
नयाँ क्रेटामा १.५ लिटर पेट्राेल र १.५ लिटर डिजेल इन्जिनकाे विकल्प पाउन सकिन्छ। गियर ट्रान्समिसनको विकल्पहरूमा एमटी, एटी र आइभीटी उपलब्ध छन्। कम्पनीका अनुसार नेपालकै उत्तम एसयूभीको रुपमा स्थापित भइसकेको पुरानो क्रेटा मोडलको तुलनामा थुप्रै उन्नत सुविधाहरू विकल्पहरू थप गरिएको छ। त्यस कारण नयाँ हुन्डाई क्रेटाले पनि त्यहीँ परम्परा कायम गरी धेरै भन्दा ग्राहककाे मन जित्न सफल हुने कम्पनीको विश्वास छ।
नयाँ हुन्डाई क्रेटाले इ(E), इपीएल (EPL), एस S(O), एसएक्स (SX), एस S(O), सीभीटी (CVT), एसएक्स टेक (SX Tech), एसएक्स टेक सीभीटी (SX Tech CVT) र एसएक्स SX(O) सीभीटी (CVT) भेरियन्टहरू तथा ६ भिन्न रंगहरूमा उपलब्ध छ । नयाँ हुन्डाई क्रेटाको प्रारम्भिक मूल्य ५५ लाख ९६ हजार रूपैयाँ राखिएको कम्पनीले जनाएकाे छ ।































प्रतिक्रिया