यी हुन् नेपालमा पाइने ५० लाख कम मूल्यका ईभी गाडी, कुन ब्रान्डका कतिमा किन्न पाइन्छ ?

यी हुन् नेपालमा पाइने ५० लाख कम मूल्यका ईभी गाडी, कुन ब्रान्डका कतिमा किन्न पाइन्छ ?

केन्द्रबिन्दु
18
Shares

नेपालमा अहिले सस्तोदेखि महँगासम्मका ईभी गाडीको आयातले निकै बढवा पाइरहेको छ । आयात बढ्दै जाँदा ईभी गाडीका प्रयोगकर्ताहरूको संख्या पनि नेपालमा बृद्धि हुँदै गएको तथ्याङ्कले देखाउँछ । नेपालमा ईभीका पूर्वाधारहरू तीव्र गतिमा विकास हुँदै जानु साथै ईभीमा सहज बैंक फाइनान्स मिल्नु जस्ता कारणले ईभीमा सबैको रहर बढ्नु स्वाभाविक हो । जो कोही ईभी किन्ने सोच बनाई राख्दा नेपालमा पनि सोही अनुरूपमा ईभी गाडीका आधिकारिक कम्पनीहरू भित्र्याइरहेका छन् । काठमाडौं उपत्यका लगायतका जिल्लाका सडकमा ईभी गाडीहरू बाक्लो संख्यामा हुँइकिने क्रम उच्च छ ।

इन्धनको तुलनामा खर्च पनि कम र यसमा सहज यात्रा पनि हुने भएकाले ईभी प्रतिको क्रेज बढ्दै गएको हो । नेपाली बजारमा पनि विभिन्न ब्रान्डमा विभिन्न मोडलका ईभी गाडी प्रशस्त उपलब्ध छन् । ति गाडी सबै महँगा मात्रै छैनन् । केही ईभी गाडी यस्ता छन्, जुन इन्धनबाट चल्ने गाडीको हाराहारीमै ईभी गाडी खरिद गर्न सकिन्छ । कतिपय ईभी गाडी त्यहाँ समावेश गरिएको फिचर वा मूल्य लगायतका कारणले पनि चर्चामा छन् ।

विश्वका चर्चित ब्रान्डका ईभी गाडी आकर्षक मूल्यमै पाइराख्दा धेरैको ध्यान ईभीमा हुनु राम्रो हो । वातावरण अनुकूल भएकाले पनि ईभीको प्रयोग जोकोही रुचाउँछन् । तर, नेपाल भित्रिएका कोही यस्ता गाडी पनि छन्, जुन ईभी गाडीहरू ५० लाख रुपैयाँभन्दा कम मूल्यमै उपलब्ध छन् । उक्त गाडीहरू नेपाललका आधिकारिक बिक्रेता कम्पनीहरूले भित्र्याएका हुन् । ५० लाख भन्दा कम मूल्यमा पाइने विभिन्न यी चार ब्रान्डका गाडी हेरौं-

बीवाईडी डल्फिन

बीवाईडीको ‘फ्युचरिस्टिक बीवाईडी डल्फिन’ नेपाल भित्रिएको धेरै समय भएको छैन । यद्यपि छोटो समयमै आमग्राहकको रोजाइमा परेको यो ईभी गाडीका प्रयोगकर्ताहरूको संख्या बाक्लो भइसकेको छ । बीवाईडी डल्फिन नेपाली बजारको बहुप्रतिक्षित ह्याचब्याग सेगमेन्टको विद्युतीय गाडी हो ।

४४.९ किलोवाट आवर क्षमताको ब्लेड ब्याट्री रहेको बीवाईडी डल्फिन गाडीलाई एक पटक पूरा चार्ज गर्दा ३४० किलोमिटरसम्म कुदाउन सकिन्छ । ७० किलोवाट मोटर पावर रहेको यस कारमा चालक र यात्रु सुरक्षाको लागि ६ वटा एयरब्याग दिइएको छ । आधुनिक फिचरहरूले सुसज्जित यो गाडी नेपालमा साइमेक्स इंकले बिक्री गर्दै आएको छ । उक्त कम्पनीले बीवाईडी डल्फिनको मूल्य ४१ लाख १५ हजार रुपैयाँ तोकेको छ ।

एमजीका यी दुई मोडलका गाडी पनि ५० लाख मुनि

नेपाली सडकमा एमजीका धेरै मोडलका गाडी कुद्छन् । जसमध्ये एमजीका दुई मोडलका ईभी गाडी यस्ता छन्, उक्त गाडी ५० लाख भन्दा कम दाममै उपलब्ध छन् । पारामाउन्ट मोटर्सले बिक्री गर्दै आएको एमजीको गाडी धेरै प्रयोगकर्ताहरूको रोजाइमा पर्छ । नेपालमा अहिले सस्तो मूल्यमा ‘एमजी कमेट ईभी’ र ‘एमजी ४ ईभी’ गाडी पाइन्छ । कमेट ईभीले सिङ्गल चार्जमा २३० किलोमिटरको रेन्ज दिन्छ । यसमा १७.३ किलोवाट आवरको ब्याट्री र ३१.२६ किलोवाटको मोटर छ ।

एमजी कमेट ईभी प्ले र पेस गरेर दुई वटा भेरियन्टमा उपलब्ध छन् । यो ईभी सबैभन्दा सस्तो मूल्यका गाडी पनि हो । यस्तै, एमजी ४ ईभी कम्फर्ट र लक्जरी गरेर दुई भेरियन्टमा उपलब्ध छन् । एमजी कम्फर्ट ईभीमा ५१ किलोवाट आवर र ९९ किलोवाटको मोटर छ । एमजी लक्जरी ईभीको ब्याट्री क्षमता ९९ किलोवाट आवर र १५० किलोवाट छ । एमजी ४ ईभीले सिंगल चार्जमा ४३५ किलोमिटरसम्मको रेन्ज दिन्छ । यी दुवै ईभीमा टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, रिभर्सिङ क्यामरा र आवश्यक सेफ्टी फिचर समावेश छन् । कम्पनीले ‘एमजी ४ ईभी’ को मूल्य ४१ लाख ४९ हजार र ‘एमजी कमेट ईभी’ को मूल्य १७ लाख ९९ हजार रुपैयाँ राखेको छ ।

टाटाको नेक्सन र टियागो झनै सस्तो

नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले विभिन्न मोडलका गाडी बिक्री गर्दै आएको छ । नेपालमा धेरैका रोजाईमा पर्न सफल टाटाका विभिन्न मोडलका ईभी गाडीको उपस्थिति सडकमा बाक्लो देखिन्छ । सिप्रदीले अहिले टाटाका हजारौं ईभी गाडीहरू बिक्री गरिसकेको छ । टाटाका नेपालमा अधिकांश ईभी गाडी ५० लाख भन्दा कम मूल्यमा उपलब्ध छन् ।

नेपालकै सर्वाधिक सफल इलेक्ट्रिक ह्याचव्याक टियागो अहिले तीन भेरियन्टमा उपलब्ध रहेको छ । टियागो ईभीको यलआर एक्सटी भेरियन्टको मूल्य २७ लाख ४९ हजार, टियागो ईभी एलआर एक्सजेड प्लसको मूल्य २८ लाख ९९ हजार र टियागो ईभी एलआर एक्सजेड प्लस लग्जरी भेरियन्टको मूल्य २९ लाख ९९ हजार रुपैयाँ राखिएको छ ।

टाटा टियागो ईभीमा ४९ किलोवाट आवरको इलेक्ट्रिक मोटर छ । उक्त मोटरले ११४ एनएम टर्क प्रदान गर्छ । टाटाले यसमा २४ किलोवाट आवरको लिथियम आयोन ब्याट्री प्रयोग गरेको छ । यस्तै, कम्पनीले नेक्सन म्याक्सका पनि तीन वटा भेरियन्ट बिक्री गर्दै आएको छ । नेक्सन म्याक्स एक्सएम भेरियन्टको मूल्य ३८ लाख ९९ हजार, एक्सजेड प्लसको ४० लाख ९९ हजार र एक्सजेड प्लस लग्जरी भेरियन्डको गाडीको मूल्य ४२ लाख ९९ हजार रुपैयाँ तोकिएका छ ।

यसैगरी सिप्रदीले नेक्सन ईभी डार्कका दुई वटा मोडलको गाडीको एक्सजेड प्लसको मूल्य ४१ लाख ९९ हजार र एक्स जेड प्लस लग्जरीको मूल्य ४३ हजार ९९ हजार रुपैयाँ तोकेको छ । यसका साथै नेक्सन ईभी म्यास्को एक्सजेड प्लस लग्जरी भेरियन्टको मूल्य ४८ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । टाटाको कम्प्याक्ट सेडान टिगोरको इलेक्ट्रिक भर्सन नेपालमा धेरै रुचाएको गाडी हो । टिगोर अहिले दुई वटा भेरियन्टमा उपलब्ध छन् । टिगोर ईभी एक्सएमको मूल्य ३२ लाख ४९ हजार र एक्सजेड प्लसको मूल्य ३३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

वुलिङ एयर ईभी पनि सस्तैमा

वुलिङ एयर ईभी नेपाली बजारमा बिक्री सुरु हुन थालेको धेरै समय भइसकेको छ । नेपाली बजारमा यो मिनी इभीको २०० र ३०० किलोमिटर रेन्ज दिने दुई भेरिएन्ट उपलब्ध छन् । ईभी नेपाल मोटर्सले बिक्री गर्दै आएको यो गाडीको मूल्य २० लाख ९९ हजार रुपैयाँ तोकेको छ । सिटी ड्राइभिङका लागि उपयुक्त यी दुईवटा भेरियन्टका इलेक्ट्रिक कार कम्फर्ट भएकै कारण धेरैले रोजेको पाइन्छ ।

Skip This
Skip This
Logo