त्रिभुवन विमानस्थल धावनमार्गको पुनर्निर्माण सुरु (भिडियोमा)

त्रिभुवन विमानस्थल धावनमार्गको पुनर्निर्माण सुरु (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको धावनमार्गको पुनर्निर्माणको काम सुरु गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री धनबहादुर बुढाले बुधबार एक कार्यक्रमका बीच त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको धावनमार्ग र ट्याक्सी मार्गको पुनर्निर्माण कार्यको शुभारम्भ गरेका हुन् ।

विमान उडानमा समेत समस्या देखिएपछि वर्षा लाग्नु अघि नै सम्पन्न हुनेगरी सो विमानस्थलको धावन मार्ग पुनर्निर्माणको काम सुरु गरिएको इन्जिनियर बाबुराम पौडेलले जानकारी दिए ।

‘चाईना नेशनल एरो टेक्नोलोजी इन्टरनेशनल इन्जिनियरिङ कर्पोरेशन’ ले १८ महिना भित्र सम्पन्न हुने गरी सो निर्माण कार्यको जिम्मेवारी लिएको हो । विमानको उडान र अवतरणमै समस्या आएपछि त्यसको धावनमार्ग र ट्याक्सी मार्ग पुनर्निर्माणको काम संचालन गर्नु परेको इन्जिनियर पौडेलको भनाई छ ।

धावनमार्ग पुनर्निर्माणको काम भने राति गरिनेछ । राति १० बजेदेखि बिहान ८ बजेसम्मका सम्पूर्ण उडान बन्द गरी सो धावनमार्ग पुनर्निर्माण काम सुरु गरिएको पनि विमानस्थलले जनाएको छ ।

३ हजार मिटर लम्बाई तथा ४५ मिटर चौडाई रहेको सो विमानस्थलको धावन मार्ग सन् १९७५ सालमा स्थापना भएयता पहिलो पटक पुनर्निर्माण गर्न सुरु गरिएको हो । ३ अर्ब ७५ करोड लागतमा पुनर्निर्माण सुरु गरिएको सो विमानस्थलको धावन मार्गको निर्माण कार्य असार अघि नै सम्पन्न गर्ने दावी गरिएको छ ।

Logo