काठमाडौं । त्रिवेणी मोटोकर्प प्रालिले कामा ब्राण्डको ११ र १४ सिट क्षमताका भ्यान तथा माइक्रो बसको बिक्री वितरण सुरु गरेको छ ।
कमर्सियल र प्यासेन्जर दुबै प्रयोजनमा प्रयोग हुने इलेक्ट्रिक भ्यानको माग नेपालमा बढ्न थालेपछि त्रिवेणी ग्रुपअन्तर्गत त्रिवेणी मोटोकर्पले चीनको स्याङडो कामा अटोमोवाईल कम्पनीबाट आधिकारिक वितरक नियुक्त भएपश्चात् कम्पनीले इलेक्ट्रिक भेहिकलहरु आयात गरी बिक्री वितरण शुरु गरेको हो ।
कामा ब्रान्डका उत्पादनहरु विश्वका ६० देशहरूमा बिक्री वितरण हुँदै आएको छ । हाल त्रिवेणी मोटोकर्पले सो कम्पनीका ११ सिट र १४ सिटको कामा इलेक्ट्रिक प्यासेन्जर र १.५ टन क्षमता भएको पीक अप भ्यानको बिक्री वितरण सुरु गरेको छ । ११ र १४ सिट क्षमताका कामा ईभी. माइक्रोमा क्रमस ३५ र ७० किलोवाट क्षमताको मोटर रहेको छ । ४२ किलोवाट आवरको लिथियम आयन ब्याट्रीले एक फुलचार्जमा २८० कि.मी रेन्ज प्रदान गर्ने गर्दछ ।
कामाका सबै इलेक्ट्रिक भ्यानहरूमा सीएटीएल ब्याट्री जडित रहेका छन् । कम्पनीले उक्त रेन्जहरू ४० किमी प्रति घण्टाको गतिमा गाडी चलाएमा प्राप्त गर्न सकिने जनाएको छ । त्रिवेणी मोटोकर्पले बिक्री पछिको सेवालाई मध्यनजर गर्दै देशको विभिन्न स्थानमा सुविधा सम्पन्न सर्भिस सेन्टरको स्थापना गरिसकेको छ । पार्ट्सहरुको व्यवस्था पनि गरिसकेको जनाएको छ ।
ग्राहकलाई कम्पनीले सर्भिस सम्बन्धी व्यवस्थाहरूको निरीक्षण तथा भ्रमण गर्न ग्राहकहरूसँग अनुरोधसमेत गरेको छ ।































प्रतिक्रिया