यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य

यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य

केन्द्रबिन्दु
60
Shares

काठमाडौँ । कालिमाटी तरकारी बजारले आइतबारका लागि तरकारी तथा फलफूलको मूल्य तोकेको छ । आज ठूलो गोलभेँडा ७५ रुपैयाँ प्रतिकिलोमा कारोबार भइइरहेको छ भने सानो गोलभेँडा ३० र टनेल सानो गोलभेँडा ४२.५० रुपैयाँ रहेको छ ।

त्यस्तै घिउ सिमी ९०, टाटे सिमी ९५, तिते करेला ३५, लौंका ५५, परवर ७५, चिचिण्डो ४५, घिरौला ४५, झिगुनी ५५, पाकेको फर्सी ६५, हरियो डल्ले फर्सी ९५, भिण्डी ३५, पिडालु ८५, स्कुस ४६, रायो साग ११०, तोरीको साग ६५, पालुङ्गो साग १४०, कन्ये च्याउ १८०, डल्ले च्याउ ३२६.६७, राजा च्याउ २९०, ब्रोकाउली २२६.६७, भेडे खुर्सानी ७५, अदुवा २१० र लसुन २२५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

यस्तै रातो आलु ६७.६७, मुढे रातो आलु ५७.६७, सेतो आलु ५१, प्याज ९७.६७, गाजर ८५, बन्दा ६५, स्थानीय काउली ८५, ज्यापु काउली ११०, सेतो मुला २७.६७, लाम्चो भान्टा ४० र तने बोडी ९५ रुपैयाँ प्रतिकिलोमा बिक्री भैइरहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

Skip This
Skip This
Logo