विगत ७ वर्षदेखि प्रविधि क्षेत्रमा काम गरिरहेको कम्पनी जुनेली इंकले नयाँ प्रडक्ट बजारमा ल्याएको छ । ‘जुनेली ट्रेडिङ एकाउण्टिङ सफ्टवेयर’ नामक प्रडक्ट लन्च गरेको हो ।
पूर्ण परीक्षणपश्चात बजारमा ल्याइएको यो प्रडक्टले प्रयोगकर्तालाई पारदर्शी र शुद्धता प्रदान गर्नेमा कम्पनी विश्वस्त छ । साना तथा ठुला सबै व्यवसायको लागि उपयोगी यो सफ्टवेयर विशेषगरी मार्ट, पसल, हार्डवेयर, सुपरमार्केट, होटेल, रेस्टुरेन्ट, क्यान्टीन र उत्पादन कम्पनी हरुको लागि उपयुक्त छ ।
यसका अन्य विशेषताहरुमा, दक्षता, शुद्धता,पहुँच,अनुकूल,पूर्ण परीक्षण भएकोले प्रयोगकर्ताले ढुक्कसँग यो प्रडक्टको सुबिधा लिन सक्ने कम्पनीले जनाएको छ । लन्चिङ समयलाई मध्यनजर गर्दै २०८१ मंसिर १५ सम्मको लागि २० प्रतिशत छुटको व्यवस्था गरेको छ ।





























प्रतिक्रिया