नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडीङ्ग प्रालिले भोलिदेखि बहुप्रतिक्षित पन्च इभीको प्रि-बुकिङ्ग खुला गर्ने भएकाे छ । अब ग्राहकहरुले कम्पनीको आधिकारिक वेबसाइट मार्फत प्रि-बुकिङ्ग गर्न सक्नेछन् भने प्रि-बुकिङ्ग गरिएका गाडीहरु आगामी नाडा अटो सोबाट प्राथामिकताका साथ डेलिभरी सुरु गरिनेछ ।
उत्कृष्ट एक्टइभी प्योर प्ल्याटफर्म आर्किटेक्चरमा आधारित पहिलो उत्पादन पन्च इभी अत्याधुनिक प्रविधियुक्त रहेको छ । साथै, पर्यावरणमैत्री एवं खर्चको दृष्टिकोणले किफायति रहेको छ । एक विशेष इलेक्ट्रिक एसयूभीमा हुनुपर्ने हरेक गुण पन्च इभीमा रहेको छ । १६–इन्च एलआरआर टायर, १९० मिमी ग्राउन्ड क्लियरेन्स, प्रभावशाली एप्रोच, डिपार्चर र र्याम्प–ओभर एंगल्स लगायतका बिशेषताहरु रहेका छन । साथै यस गाडीमा ९०–डिग्रीको कोणमा खुल्ने ढोका, ३६६ लिटरको बूट स्पेस, फ्रंकमा १४ लिटरको थप स्पेस रहेको छ ।
भारतमा अत्यन्तै लोकप्रिय टाटा पन्च मासिक रुपमा अठार हजार युनिट भन्दा बढी बिक्री भइरहेको छ । यस गाडी भारतीय अटो बजारमा कम्प्याक्ट एसयूभीको रुपमा स्थापित हुन सफल भइसकेको छ । पन्च इभी आधुनिक ग्राहकहरुको बदलिदो इच्छा एवं आवश्यकतालाई परिपूर्ति गर्दै एक अतुलनीय यात्रा अनुभूतिको प्रत्याभूति गर्दछ । यसले पन्च ब्रान्डको विश्वसनीयतालाई मात्र नभई समग्र टाटा ब्राण्डको इभी पोर्टफोलियोमा नयाँ आयाम थपेको छ । पन्च इभीले नेपाली बजारमा पनि छोटो अवधिमै उल्लेखनीय हिस्सा ओगट्ने अपेक्षा गरिएको छ ।





























प्रतिक्रिया