ग्लोकल टीन हिरो नेपालअन्तर्गत ‘ग्लोकल २० अन्डर २०’ को घोषणा

ग्लोकल टीन हिरो नेपालअन्तर्गत ‘ग्लोकल २० अन्डर २०’ को घोषणा

केन्द्रबिन्दु
36
Shares

काठमाडाैं । आइतबार ग्लोकल टीन हिरो नेपाल १०औं संस्करणमा आवेदन दिने प्रतिभावान किशोरकिशोरीबाट उत्कृष्ट २० घोषणा गरिएको छ । ग्लोकल टीन हिरो किशोरकिशोरीहरूलाई समर्पित एउटा अवार्ड कार्यक्रम हो ।

ग्लोकल टीन हिरोले विगत एक दशकदेखि शैक्षिक क्षेत्र बाहेक किशोरकिशोरीहरूमा रहेको प्रेरणा र उत्साहलाई उजागर गर्दै उनीहरूले समाजमा गरेको प्रभावकारी कार्य र अद्वितीय प्रतिभालाई पहिचान गराउन एक मञ्च प्रदान गर्दै आएको छ ।

ग्लोकल टीन हिरो नेपालले १३ देखि १९ वर्षका किशोरकिशोरीहरूको पहल, सिर्जनशीलता र उत्साहलाई गहिरो रूपमा मान्यता दिँदै उनीहरूलाई स्थानीय र वैश्विक क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन सशक्त बनाउँदै आएको छ ।

देशभरिबाट आएको ७०९ आवेदनबाट मूल्यांकनकाे सम्पूर्ण प्रक्रियामार्फत २०२४ का लागि उनीहरूले उपलब्ध गराएको जानकारी, प्रभावकारी कार्य विवरणहरू र अन्तर्वार्ताको आधारमा ग्लोकल २० अन्डर २० चयन गरिएको जनाएकाे छ ।

२० अन्डर २० किशोरकिशोरीहरूले विज्ञान, स्वास्थ्य कार्यकर्ता, उद्यमशीलता, बाल अधिकारकर्मी, वातावरणविद्, एआई विज्ञान/अनुसन्धान जस्ता विविध क्षेत्रमा काम गरेर सकारात्मक सन्देश प्रवाह गरिरहेका छन्।

यस वर्षका उत्कृष्ट किशोरकिशोरीको सूची यस प्रकार रहेको छ ः

आदेश रेग्मी, १८, सामाजिक कार्यकर्ता

आशिष पन्थी, १९, सामाजिक कार्यकर्ता

आयुष्मान पुरी, १८, सामाजिक कार्यकर्ता

आर्यन बस्नेत, १८, आईटी उत्साही

आशिष बंजारा, १८, सामाजिक कार्यकर्ता

घनश्याम विश्वकर्मा, १९, बालअधिकारकर्मी

ह्याङ्साम नेम्वाङ, १७, उद्यमी

कौशल निरौला, १९, वातावरण अभियन्ता

किशोर शाही, १६, जलवायु अभियन्ता

क्रिस्टिना खनाल, १८, प्राविधिक उत्साही

निश्चल भट्टराई, १६, सामाजिक कार्यकर्ता

प्रशिम तिम्सिना, १६, टेक्नोप्रेनर

पूर्णिमा तिम्सिना, १७, बाल अधिकार कार्यकर्ता

सजनी शर्मा, १९, सामाजिक कार्यकर्ता

सौरभ बाँस्तोला, १७, क्त्भ्ः कार्यकर्ता

शक्ति केसी, १९, एआई उत्साही

श्रीजय सुवेदी, १८, प्राविधिक उत्साही

सिन्सिया केसी, १९, स्वास्थ्य कार्यकर्ता

सुगम पराजुली, १९, उद्यमी

तुषार शाह, १७, इनोभेटर

साथै, उत्कृष्ट ६ को घोषणा अगस्ट २० तारिकमा हुनेछ र चयन भएका युवाहरूको सम्मान १ सेप्टेम्बर २०२४ मा हुने ग्लोकल टीन हिरो अवार्ड महोत्सव र सम्मेलनमार्फत हुनेछ ।

Logo