नाडा अटो शो अगावै लञ्च हुँदै जोनसेनका मोटरसाइकल

नाडा अटो शो अगावै लञ्च हुँदै जोनसेनका मोटरसाइकल

केन्द्रबिन्दु
3.2k
Shares

काठमाडौँ । नेपालका लागि जोनसेनका मोटरसाइकलको आधिकारिक वितरक स्यामुकापु ट्रेडिङ प्रालिले यी मोटरसाइकल नेपाल भित्र्याएको छ । कम्पनीका अनुसार आसन्न नाडा अटो शो २०२४ सुरु हुनुभन्दा एक दिनअघि यी मोटरसाइकल लन्च गरिने भएको छ ।

ज्योति समूहअन्तर्गतकै स्यामुकापु ट्रेडिङले अब जोनसेन ब्रान्ड बिक्री–वितरण गर्न थालेको हो । स्यामुकापुमा इलेक्ट्रिक वान स्कुटर समेत केही दिनयता बिक्री–वितरण गरिरहेको छ । हाल पहिलो चरणमा २५० सीसीको एड्भेन्चर मोटरसाइकल नेपाली बजारमा उपलब्ध हुनेछ । यसको फिचर र मूल्य भने कम्पनीले सार्वजनिक गरेको छैन ।

चीनका विभिन्न ६ सहरमा उत्पादन हुने जोनसेन ब्रान्डका मोटरसाइकल र स्कुटर नेपाली बजारमा समेत रुचाइने कम्पनीको अनुमान छ । अटो शोमा समेत सो मोटरसाइकल अवलोकन गर्न सकिने छ ।

Logo