काठमाडौं । नेपाल धितोपत्र बोर्डमा सेयर बजारका लगानीकर्ताहरुले ताला लगाएका छन् । सेयर बजार सुधार र विस्तारका लागि भन्दै सेयर बजार लगानीकर्ता दबाव समूहले आइतबार बिहान जावलाखेलस्थित धितोपत्र बोर्डको कार्यालयमा ताला लगाएको हो ।
केहि सातापहिले चरणबद्ध आन्दोलन घोषणा गरेको सेयर बजार लगानीकर्ता दबाव समूहले कर्मचारीहरुलाई कार्यालयभित्रै थुनेका छन् । ताला लगाउन समूहका अध्यक्ष हरि ढकाल, महासचिव नयन बास्तोला लगायतको टोलि बिहानै बोर्ड कार्यालयमा पुगेको थियो । दबाब समूहले ताला लगाएपछि एक जना बोर्डका कर्मचारी भित्रै थुनिएका हुन् ।
यसअघि नेपाल स्टक एक्सचेन्ज घेराउ हुँदै आमरण अनसनसम्म बसेको लगानीकर्ताहरुको उक्त समूहले आफ्ना पुरानै मागहरु अघि सार्दै गत फागुन २८ गते आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको थियो ।
समूहको मुख्य मागका रुपमा अर्थमन्त्रीको बर्खास्ती रहेको छ । अर्थमन्त्री डा. युवराज खतिवडा पुँजी बजार विरोधी भएको र उनको बर्खास्ती नभएसम्म सेयर बजारमा सुधार हुन नसक्ने उनीहरुको दाबी छ ।
यसअघि पनि अथमन्त्री खतिवडाका साथै नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाल, धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीलगायतको राजीनामा माग गरिएको थियो ।































प्रतिक्रिया