काठमाडौँ । १६ औँ संस्करणको नाडा अटो शो २०२४ आजदेखि राजधानीमा सुरु हुँदै छ । जसमा अवलोकनका लागि चिनियाँ टु–ह्विलर ब्रान्ड जोनसेन नेपाल भित्रिएको छ । नेपालका लागि आधिकारिक वितरक स्यामुकापु ट्रेडिङले मोटरसाइकल र स्कुटर गरी कूल ९ वटा मोडल लन्च गरेको हो । कम्पनीले लन्च गरेको मोडलमा शक्तिशाली अफरोड मोेटरसाइकलदेखि प्रिमियम मोडलका बाइक छन् ।
कम्पनीले ल्याएको २१६.६ सिसी ईन्जिन क्षमताको मोटरसाइकलको मूल्य ५ लाख ६० हजार, १४९.४ सिसीको ३ लाख ३० हजार, १९६.४ सिसीको ३ लाख ७५ हजार र ११९.६ सिसीको २ लाख ७५ हजार रुपैयाँ निर्धारण गरिएको छ । यसैगरी, १६६.४ सिसी क्षमतायुक्त मोटरसाइकलको ३ लाख ८४ हजार, १९८.८ सिसीको ४ लाख ५५ हजार, २३० सिसीको ४ लाख ७० हजार, २१७ सिसीको ४ लाख ९० हजार तथा २५० सिसीको ६ लाख ५० हजार रुपैँया तोकिएको छ ।
यसअघि हिरो मोटरसाइकल बिक्री गर्दै आएको ज्योती ग्रुपले यो मोटरसाइकललाई नेपाल ल्याएको हो । यी बाइकमा दुई वर्ष अर्थात् ३० हजार किलोमिटर वारेन्टी प्रदान गर्ने कम्पनीले जनाएको छ । यी मोटरसाइकलको खरिदमा ग्राहकले ६ वटा फ्री सर्भिसिङ र हेल्मेट पाउनेछन् । यसमा फाइनान्स र एक्सचेन्जको सुविधा समेत उपलब्ध छ ।





























प्रतिक्रिया