एमजीको स्पोर्टी भेइकल ‘साइवस्टर’ सार्वजनिक, कति पर्ला मूल्य ?

एमजीको स्पोर्टी भेइकल ‘साइवस्टर’ सार्वजनिक, कति पर्ला मूल्य ?

केन्द्रबिन्दु
66
Shares

मंगलबार सुरु भएको ६ दिने नाडा अटो शोमा एमजी मोटर्सले नयाँ विद्युतीय एसयुभी ‘साइवस्टर’ सार्वजनिक गरेको छ ।

स्पोर्टी लुक्स र अत्याधुनिक सुविधाका कारण यो गाडीले अवलोकनकर्ताको ध्यान खिचेको छ । नेपाली बजारमा एक करोड ६८ लाख रूपैयाँ मूल्य तोकिएको उक्त साइवस्टरमा २५० किलोवाटको मोटर रहेको छ । ७७ किलोवाटको ब्याट्री राखिएको यो गाडीले पाँच सय किलोमिटरको ड्राइभिङ रेन्ज दिने कम्पनीको दाबी छ ।

इन्फोटेन्मेन्ट सिस्टमदेखि एड्भान्सड ड्राइभिङ असिस्ट सिस्टम (एडिएएस)सम्मका आधुनिक सुविधा यसमा उपलब्ध गराइको कम्पनीले जनाएको छ।

नेपाली बजारमा यो गाडी एक महिनाभित्र डेलिभरी गराइदिने कम्पनीले उल्लेख गरेको छ । एमजीका अन्य केही गाडीमा छुट दिए पनि यो गाडीमा छुट सुविधा उपलब्ध छैन।

Skip This
Skip This
Logo