एनआईसी एशिया बैंकले यती एयरलाइन्ससँगको सहकार्यमा ल्यायो एनआइसी एशिया स्काई क्लब कार्ड

एनआईसी एशिया बैंकले यती एयरलाइन्ससँगको सहकार्यमा ल्यायो एनआइसी एशिया स्काई क्लब कार्ड

केन्द्रबिन्दु
54
Shares

काठमाडौँ । एनआईसी एशिया बैंकले यती एयरलाइन्ससँगको सहकार्यमा एनआइसी एशिया स्काई क्लब कार्ड सार्वजनिक गरेको छ ।

समझदारीअनुसार भिसा को–ब्राण्डेड कार्डका रुपमा आएको यो कार्ड यती एयरलाइन्स तथा बैंकका ग्राहकहरूले प्राप्त गर्न सक्नेछन् भने यस कार्डको प्रयोग गरेर उक्त एयरलाइन्सको टिकट खरिद गर्दा १० प्रतिशत छुट सहित अन्य सुविधाहरू उपलब्ध हुने छ ।

यती एयरलाइन्सको मोबाइल एप तथा वेबसाइट प्रयोग गरेर यस कार्डबाट ई–कमर्श भुक्तानी गरी एयरलाइन्सका सबै प्रकारका टिकट काट्दा ग्राहकहरुले १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् भने प्रत्येक कारोबारमा माइलेज पोइन्टस् र ५ किलोग्राम अतिरिक्त ब्यागेज सुविधा प्राप्त गर्ने बैंकले जनाएको छ ।

यती एयरलाइन्सका विभिन्न काउन्टरमा यो कार्ड देखाएर टिकट काट्दा समेत उक्त छुट उपलब्ध हुनेछ । साथै, उक्त कार्डको प्रयोग गरेवापत देशभरका विभिन्न होटल, रेष्टुरेन्ट, अस्पताल र यती एयरलाइन्सको स्काई क्लब कार्डमा उपलब्ध हुने सम्पूर्ण सुविधा एवं छुटहरू प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

यो कार्ड लिनका लागि ग्राहकहरुले बैंकको शाखा कार्यालयमा पुगेर आवेदन दिन सक्नेछन् । यस आकर्षक साझेदारीले बैंक र एयरलाइन्सका ग्राहकहरुलाई टिकट खरिदमा अधिकतम छुटका अलावा विभिन्न सेवाहरूमा विशेष छुट प्राप्त भई अत्याधिक फाइदाहरू उपभोग गर्न अवसर मिल्ने छ भन्ने बैंकले विश्वास लिएको छ ।

Skip This
Skip This
Logo